प्रदेश अनलाइन खबर। काठमाडौं २३ चैत .भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले सामाजिक संजाल फेस्बुक मार्फत सम्बोधन गर्दै फेब्रुअरी पाँच तारिकका दिन सम्पुर्ण भारतीय जनतालाई फेब्रुअरी ५ तारिकका दिन राती ९ बजेर ९ मिनेटमा भारतका एक सय तीस करोड जनतालेआ आफ्नो घरको बत्ति निभाएर घर बाहिर निस्केर त घरको छ्तमाथि बाट घरमा उपलब्ध बत्ति,मैनबत्ती,टुकि,टर्च लाईट बालेर नौमिनेट सम्म सम्पुर्ण देशवासी र विश्व लाई यो कोरोना भाइरस कोभीड १९ को माहामारीमा एकताको संदेश प्रवाह गर्न अनुरोध गरेका थिए।
सो कुरा नेपालमा पनि हल्लाको रुपमा फैलियो र आजको दिनमा दियो बाले कोरोना भाइरस आउदैन भनेर अपवाह फैलियो। कतिले त भोलि आइतवार साँझ ७ बजेर ७ मिनेटदेखि ९ बजेर ९ मिनेटसम्म जो जहाँ छौँ त्यही घरको दैलो वा छतमा दियो बाले कोरोनाविरुद्धको विश्व लडाईंमा ऐक्यबद्धता व्यक्त गरौँ भनेर अपवाह फैलाए त कतिले त ज्योतिषीहरुका अनुसार आज २०७६ चैत २३ गते चैत्रशुक्ल पक्ष त्रयोदशी तिथि हो ।आइतवार त्रयोदशी तिथी अर्थात् रविप्रदोश हो । यसलाई सूर्य शक्तिशाली भएको दिन मानिन्छ । हामी जहाँ छौँ, घरको दैलो, छत जहाँ सम्भव छ, दियो बालौँ । हाम्रो सनातन आस्था र विश्वासले हामीलाई आत्मविश्वास जगाउँछ, यही आत्मविश्वासले हामीलाई रोगप्रतिरोधी बनाउँछ । भनेर भ्रामक हल्ला समेत गर्न भ्या। यहीँ हल्लाले गर्दा काठमाडौं लगाएत आज देशका विभिन्न जिल्लाहरुमा व्यक्तिहरुले घरघरमा दिप प्रज्वलन गरेका छन् । हेर्नुहोस् तस्बिरमा
Views: 0