हरियो तरकारीको अभाव

२०७६ चैत्र २४, सोमबार ०८:१७ गते २०७६ चैत्र २४, सोमबार ०८:१७ गते २०७६ चैत्र २४, सोमबार ०८:१७ गते

कोहलपुर,चैत २४, : लकडाउनका कारण कर्णालीका बजारमा हरियो तरकारी पाउन छाडेको छ । स्वास्थ्यका दृष्टिकोणले हरियो तरकारी आवश्यक पर्दछ तर यस्तो अवस्थामा त्यस्ता तरकारी खोज्ने अवस्था पनि छैन । घरमै खेती गरेकाहरूले भने जेनतेन हरियो तरकारी खान पाइरहेका छन् ।तरकारी आउँदैन:हुम्ला समाचारदाता राजन रावतले अधिकांश बासिन्दाले तरकारी खान छाडेको समाचार पठाउनुभएको छ । हवाई यातायातबाट नेपालगन्ज र सुर्खेतबाट भित्रिने तरकारी आउन छाडेको छ भने स्थानीय बजारमा तरकारी नपाउँदा हुम्लावासीले तरकारी खान छोडेका छन् ।

तरकारी हारालुछ:जाजरकोट समाचारदाता सहदेव बस्नेतका अनुसार लकडाउन भएसँगै जाजरकोट बजारमा हरियो तरकारीको अभाव भएको छ । किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाए पनि गाउँघरमै बिक्री गर्ने गरेका छन् ।काम चलाइँदै छ:जुम्ला समाचारदाता नेत्र शाहीले स्थानीय बासिन्दाले आफ्नै बारीको हरियो तरकारीको उत्पादनमा जोड दिन थालेको रिपोर्टिङ गरेका छन् । डोकोमा तरकारी ल्याउने किसानहरू अहिले मर्कामा परेका छन् । अहिले जौ र गहुँसँगै हुने सुवाले नामक सागबाट काम चलाउने गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *