दोल्खा २४ चैत . जिपि फाउण्डेसन नेपाल जिल्ला कार्यसमिती दोलखाले खाध्यान संकट परेपछि गौरिशंकर बालगृहका अनाथ बालबालिकालाई खाध्यान सयोग गरेको छ ।कोराना भाइरसको संक्रमण बाट बच्न होम क्वाराइनटाइन रहेका दोलखाको गौरिशंकर बालगृहका अनाथ बालबालिकालाई खाध्यान संकट परेपछि बिभिन्न दाताहरु बाट सहयोग जुटाइ जिपि फाउण्डेसन नेपाल दोलखाले खाध्यान सहयोग गरेको हो ।
२७ जना बालबालिका र ३ जना स्टापलाई करिब तीन हप्ताको लागि पुग्ने खाद्यान्न भिमेश्वर नगरपालिक का समाजसेवि बिष्णुलक्ष्मी श्रेष्ठले आज जिपि फाउण्डेसन नेपाल जिल्ला कार्यसमिती दोलखा अध्यक्ष राकेश श्रेष्ठले हस्तान्तरण गरेका गरेका थिए।विगतमा पनि बिष्णु लक्ष्मी श्रेष्ठले दोल्खाका अनाथ बालबालिकालाई २०७२को भुकम्पमा समेत लताकपडा सहित ६ महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका थिए। म्याथ्मेटिक काउन्सिल नेपाल केन्द्रीय अध्यक्ष श्रीकृष्ण दहालले समेत नगद २ हजार समेत सहयोग गरेको थिए।
लकडाउनको समयमा खाध्यान ओसार पासर गर्न कठिनाइ परेकोले गौरिशंकर बालगृहका संस्थापक अध्यक्ष स्वर्गीय चन्द्रकृष्ण जोशीका छोरा शैलेन्द्र जोशीले यातायातका घर्च बेहोरेका थिए। जिपि फाउण्डेसन नेपाल दोलखाले गौरिशंकर बालगृहको ब्यबस्थापक यम बहादुर थापालाई संकलन भएका सामग्री हस्तान्तरण गरेका थिए ।जिपि फाउण्डेसन नेपाल दोलखाले बालबालिको लागी खाध्यान,लताकपडा,शैक्षिक सामाग्री सहयोग गर्दै आएको ब्यबस्थापक थापाले बताउनुभयो ।खाध्यान हस्तान्तरण कार्यक्रममा नेपाल प्रसे युनयिन की जिल्ला उपाध्यक्ष निर्जला आचार्य,पत्रकार राजन बस्नेत ,शैलेन्द्र जोशी लायतको उपस्थिती रहेको बालसंगठन दोलखाका अध्यक्ष समेत रहेका जिपि फाउण्डेसन नेपाल जिल्ला कार्यसमिती दोलखा अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिएका थिए।
Views: 0