रेन्जो तेदोशी को सहयोगमा पच्चीस घरपरिवार खाद्यान्न वितरण

२०७६ चैत्र २४, सोमबार १६:५१ गते २०७६ चैत्र २४, सोमबार १६:५१ गते २०७६ चैत्र २४, सोमबार १६:५१ गते

काठमाडौ।  विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि लकडाउनको अवस्था रहेको छ। लकडाउनका कारण विपन्न भएकाहरुलाई जीवन निर्वाह गर्न कठिन भएको छ। धेरैजना बेखर्ची समेत भैसकेको अवस्थालाई मध्यनजर गरेर इटलीको इमीली गाउँका मनकारी कृषि ब्यापारी रेन्जो तेदोशीले नेपालीका लागी भने सहयोग जुटाएका २५ घर विपन्न व्यक्तिलाई सहयोग गरेको छ।

घर–घरमै पुगेर ती विपन्न व्यक्तिहरुलाई खाद्यान्न लगायत अत्यावश्यक सामाग्री वितरण गरिएको हो। काठमाडौको उत्तरी भेग स्थित टोखा नगरपालिका को भत्केपुल नजिकै रहेको भुङुर फार्मलाई लक्षीत गरी वरिपरिका सहयोग गरेका हुन। डिजिटल खबर प्रा.लि.का सहकार्यमा कार्यकारी प्रमुख जिबन शर्मा रोहवरमा दैनिक अति आवश्यक दाल,चामल,नुन,चिउरा लगाए हस्तान्तरण गरिएको छ। सहयोग पाएपछि स्थानिय शर्मिला गोले मोक्तानले खुशी ब्यक्त गरेकी छिन।

लकडाउनले दैनिक रोजीरोटीको लागी परिश्रम गर्ने कृषक मारमा परेको समेत उनले बताए। मनकारी रेन्जो तेदेशी सगको कुरामा भने मेरो देश इटली अहिले कोरोना भाइरस संक्रमण को महामारी रहेको छ।तर आथिक कारणले भने समस्या छैन। अहिलेसम्म मेरा इलाकामा भने कोरोनाको संक्रमण छैन । नेपालीहरु भोकभोकै बस्न नपरोस भन्ने उदेश्य ले सानोतिनो सहयोग गर्नपाएको आफु अति नै खुसी भएको रेन्जोले बताए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *