लकडाउनमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्य लक्ष्मी झापामा

२०७६ चैत्र २५, मंगलवार ११:४२ गते २०७६ चैत्र २५, मंगलवार ११:४२ गते २०७६ चैत्र २५, मंगलवार ११:४२ गते

झापा २५ चैत। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्य लक्ष्मी शाह सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दै दमक झापामा बसिरहेका छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनका कारण पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्य लक्ष्मी शाह दमकमा रोकिएका हुन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गरेलगत्तै उनीहरु झापामै रोकिन पुगेका हुन्।

पूर्वराजाका निजी सचिव सागरराज तिमिल्सिनाका अनुसार भारतको सिक्कीम, दार्जिलिङलगायत ठाउँहरूको भ्रमण गरेर नेपाल फर्किने क्रममा झापा आइपुग्दा लकडाउन भएपछि त्यसको पालना गर्दै दमकमा बसेका हुन्। ‘राजा–रानी लकडाउनको पूर्ण पालना गर्दै दमकमा बसिबक्सेको छ। मौसुफ सरकारहरूले अरुलाई पनि लकडाउनको पूर्ण पालना गर्न आग्रह समेत गर्नुभएको छ’, तिमिल्सिनाले भने। उनका अनुसार पूर्वराजारानी दुवैले सामाजिक दूरी कायम गर्ने, स्यानिटाइनरलगायत पटकपटक हात धुने, सामूहिक छलफल नगर्नेलगायत निर्देशन दिइरहेका छन्। जसका कारण सचिवालयका सदस्यहरूले पनि पूर्वराजारानीलाई भेट्न मुस्किल परिरहेको उनको भनाइ छ।

पूर्वराज परिवारले हिमानी कोषमार्फत सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई करोड रुपैयाँ आर्थिक सहयोग गरिसकेको तिमिल्सिनाले जानकारी दिए। यसअघि पूर्वराजा शाहले विज्ञप्तिमार्फत विपत्तिका बेला सबै एकजुट भएर सामना गर्नुपर्नेमा समेत जोड दिएका थिए। निजी सचिव तिमिल्सिनाका अनुसार अनुसार लकडाउन अवधिभर पूर्वराज परिवार झापामै रहनेछ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *