काठमाडौं २५ चैत राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्डको बैठकले अर्को सूचना जारी नभएसम्म वार्षिक परीक्षा स्थगित गरेको हो।बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले प्रदेश अनलाईन खबर सङ्ग भने, ‘अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ। सरकारले बन्दाबन्दी खोलेपछि मात्र अर्को सूचना जारी हुनेछ।’
कोरोना भाइरसको महामारी नियन्त्रणमा नआएको र लकडाउन लम्बिरहेकाले अनिश्चतकालका लागि परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । कोरोना भाइरसको जोखिम बढेको असहज परिस्थितिको कारण बोर्डले परीक्षा स्थगित गरेको हो । पूर्व निर्धारित कार्यतालिका अनुसार कक्षा १२ को परीक्षा आगामी बैशाख ८ गते र कक्षा ११ को परीक्षा आगामी बैशाख २१ गतेबाट सुरु हुने भनिएको थियो।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0