कोरोना भाइरस रोकथाम र अवस्था बुझ्न जनप्रतिनिधि सङ्ग सासंद मैनालीको छलफल

२०७६ चैत्र २६, बुधबार ११:४६ गते २०७६ चैत्र २६, बुधबार ११:४६ गते २०७६ चैत्र २६, बुधबार ११:४६ गते

नुवाकोट २५ चैत  विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि लकडाउनको १५अौं दिनमा पुगेको अवस्था रहेको छ। लकडाउनका कारण विपन्न तथा शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई जीवन निर्वाह गर्न कठिन भएको छ। धेरैजना बेखर्ची समेत भैसकेको अवस्थालाई मध्यनजर गदै नेकपा नुवाकाेटका युवा नेता एवंम बागमती प्रदेश सासंद माननीय बद्री मैनाली लगायत सामाजिक अभियन्ता सीताराम राउत,विकल्प पाठक ,शम्भु लामा लगायत व्यक्तित्वहरूबाट ककनीर लिखु गाउँ पालिका भ्रमण गरेका छन्।

भ्रमणको क्रममा कोभिड-१९ ले नुवाकोटका आम जनतामा पारेको प्रभाव, त्यसको रोकथाम ,नियन्त्रण र उपचारको लागि आवश्यक तयारी संग सम्बन्धित अाईसोलेन र क्वारेन्टाइन वार्डहरुको निर्माण, अौषधी, उपकरण र अन्य स्वास्थ्य सामाग्री , स्वास्थ्यकर्मीहरुको उपलब्धताको अवस्था , स्वास्थ्यकर्मीहरुको सुरक्षा संग सम्बन्धित सामाग्रीहरुको अवस्था , बिदेश र जिल्ला बाहिरबाट घर फर्कनेहरुको संख्या र तीनका स्वास्थ्य स्थिति , दैनिक ज्यालादारी एवम् विपन्न समुदायका दैनिकी गुजारा सम्बन्धि अवस्था बारे, माननीय मैनालीले जानकारी लिएका छन् । भेटघाटमा लिखु गा.पा. उपाध्यक्ष राेजिना राई,बडाध्यक्ष हरू भाेला सेढाई,भिम बहादुर घले ,रामकृष्ण श्रेष्ठ,नेकपा जि.क सदस्य जगदिश पाठक, नेकपा लिखु अध्यक्ष र सचिव मेघनारायण श्रेष्ठ र विवेक ढकाल लगाएतको उपस्थिति रहेकाे थियाे।  सासंद माननीय बद्री मैनाली विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेर विभिन्न सिर्जनात्मक कार्य गर्दैआएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *