यस्तो छ यो हप्ताको मौसम पूर्वानुमान : हेर्नुहोस पुरा विवरण

२०७६ चैत्र २७, बिहीबार १०:४० गते २०७६ चैत्र २७, बिहीबार १०:४० गते २०७६ चैत्र २७, बिहीबार १०:४० गते

प्रदेश अनलाइन खबर।काठमाण्डौ। हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पूर्वी तराई भू-भागका साथै मध्य भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।थप विवरण यस्तो :

चैत्र २७ गते (बिहीबार) दिउँसोः देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।रातीः देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

चैत्र २८ गते (शुक्रबार): दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।रातीः देशको पश्चिमी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

चैत्र २९ गते (शनिबार):दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।रातीः देशको पश्चिमी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *