मायादेवी मा ९ जनालाई क्वारेन्टाइन बाट विदाइ गरियो !!

२०७६ चैत्र २८, शुक्रबार २२:३७ गते २०७६ चैत्र २८, शुक्रबार २२:३७ गते २०७६ चैत्र २८, शुक्रबार २२:३७ गते

धीरज काेरी/कपिलवस्तु जिल्ला काे मायादेवी गाउपालिका वडा न ं ३ बड्की खैराटीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बनाइएको क्वारेन्टाईनबाट आज ९ जना व्यक्तिलाई मास्क, साबुन, र टावेल दिएर विदाई गरिएको छ। यिनी ९ जना व्यक्तिहरुलाई स्वास्थ्यमा कुनै पनि प्रकार को समस्या नभएका कारणले १४ दिन पछि क्वारेन्टाईनबाट घर पठाईएको कुरा स्वास्थ्य शाखा प्रमुख डा.महेन्द्र प्रसाद यादवले बताउनु भयो।

क्वारेन्टाइन मा बसेका व्यक्तिहरुलाई खाना पानी , नास्ता र बसाइ मा कुन प्रकार समस्या नअाएकाे स्वास्थ्य शाखा प्रमुख ड प्रसाद यादवले जानकारी दिनु भयो ।

समाजबादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले सबै साथीहरु सहयोग काे साथ सौहार्दपूर्ण वातावरण बनाएर १४ दिनसम्मा क्वारेनटाईनमा बसिदिएकोमा धन्यवाद व्यक्त गर्नु भएको छ। साथै स्वास्थ्यकर्मी, सुरक्षा कर्मी ,स्थानिय निकायका सहयोगकर्मीहरुको उपस्थीतिमा ९ जनालाई क्वारेनटाईनबाट विदाई गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *