राम प्रघट कोरी/विजयनगर,चैत्र ३० – कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं.२ लोहरौला निवासी समाजसेवी सोमईलाल चौधरीले विजयनगर गाउँपालिकालाई आइतवार १ लाख रुपियाँ सहयोग गर्नुभएको छ । उहाँले विजयनगर गाउँपालिकाको विपद् व्यवस्थापन कोषको बैँक खातामा जम्मा गर्नुभएको हो । अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको समस्यामा परेका गरिब, विपन्न र गरी खाने मजदूर वर्गका घरपरिवारका लागि उक्त रकम बैँक मार्फत सहयोग गरेको सोमईलाल चौधरीले बताउनुभयो ।
यस संकटको घडीकमा सरकारले लगाएको लकडाउनलाई पालना गर्न सबै नागरिकलाई अनुरोध समेत गर्नुभयो । उहाँले सरकारले लगाएको लकडाउन नै अहिलेको सुरक्षा महत्वपूर्ण रहेको बताउँदै कोरोना भाइरसबाट बच्न र सचेत रहन आग्रह गर्नुभयो । अहिलेको कोरोना महामारीको विषम परिस्थितिमा गाउँपालिकाको गरिब, विपन्न र गरी खाने मजदूर वर्गहरुको यस बाध्यात्मक घडीका सहयोग गर्नुभएकोमा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले धन्यवाद दिनुभएको थियो ।
Views: 0