चलचित्र ‘पासवर्ड`युटुबमा मार्फत सार्वजनिक

२०७७ बैशाख १, सोमबार १५:४८ गते २०७७ बैशाख १, सोमबार १५:४८ गते २०७७ बैशाख १, सोमबार १५:४८ गते

काठमाडौं १ बैशाख। गत बर्षको भदौ २७ गते बाट रिलिज भएको चलचित्र ‘पासवर्ड`युटुबमा मार्फत सार्वजनिक भएको छ। एक्सन थृलर एवम् लव स्टोरी कथा रहेको उक्त चलचित्र नेपाली सिने जगत कै महङ्गो बजेटमा निर्माण भएको चलचित्र हो ।एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र ‘पासवर्ड` लाई सम्राट बस्नेतले निर्देशन गरेका छन्।हिरल जोशी र अमित बस्नेत सहकार्यमा निर्माण भएको उक्त चलचित्रको कार्यकारी निर्माता अकिंत गौतम र सह–निर्माता अजित के थापा हुन् । चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतका कलाकाको अभिनय रहेको छ । उक्त चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनीले एक आइटम गीतमा अभिनय समेत गरेकी छिन् ।

सौरभ लामाको छायांकन र बलिउड कोरियोग्राफर बिष्णु देभाको कोरियोग्राफी रहेको छ । विष्णुदेभाको कोरियोग्राफी रहेको यो गित लन्डनमा खिचिएको थियो । गितमा पाँच करोड भन्दा बढीको लगानी रहेको छ ।यो चलचित्रको अधिकांश छायांकन यूकेमा भएको हो। चलचित्रले नेपाली बक्स अफिस संगै नेपाल बाहिर पनि राम्रो व्यपार गरेको थियो ।  हेर्नुहोस् पूरा चलचित्र…..

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed