रेडियो समानता 105 .4 मेगाहर्ज १० औ वर्ष पूरा गरी ११ मा प्रवेश

२०७७ बैशाख १, सोमबार १५:५२ गते २०७७ बैशाख १, सोमबार १५:५२ गते २०७७ बैशाख १, सोमबार १५:५२ गते

प्रतिमा विश्वकर्मा ,१ गते कपिलवस्तु   मुदायिक रेडियो समानता आज वैशाख १ गते देखि १० औ वर्ष पुरा गरि ११ औ वर्षमा प्रवेश गरेको छ । २०६६ साल वैशाख १ गते आजको दिन कपिलवस्तुको चन्द्रौटावाट संचालनमा आएको रेडियोले आज १० औ वर्ष पुरा गरेको हो । कपिलवस्तुको पश्चिीमी क्षेत्रवाट पहिलो रेडियोको रुपमा स्थापना भएको सामुदायिक रेडियो समानताले समाज रुपान्तरणको लागी दश वर्षे लामो सर्घष गरेको रेडियोको विश्वास रहेको छ । १० वर्षको अवधी नेपालको राजनैतिक , सामाजीक एवंम आर्थिक विकासको लागी रेडियोले निरन्तर काम गरिरहेको छ ।

११ वर्ष प्रवेशको सुभअवसरमा सामुदायिक रेडियो समानताका अध्यक्ष राजु खरालले रेडियोलाई यहांसम्म ल्याउन सहयोग तथा भुमीका खेल्ने सम्पुर्णलाई धन्यावाद दिनुभएको छ । खरालले दश वर्षे अवधीमा रेडियोका श्रोता , विज्ञापन दाता लगानी कर्ता सुभचिन्तक नयां तथा पुराना कर्मचारी सवै प्रति सम्मान गर्नुभएको छ । रेडियोले कपिलवस्तु लगाएत छिमेकी जिल्लाहरुको समुदाय स्तरमा रहेर काम गरिरहेको रेडियोका स्टेशन म्यानेजर कृष्ण गैरेको भनाई रहेको छ । रेडियो एकदशक यात्रालाई सफल वनाउन , २०६६ साल देखि अहिले सम्म विभिन्न कार्यकालका संचालक समीती , व्यवस्थापक , लगानी कर्ता र विज्ञापन दाता श्रोता र सुभचिन्तकको ठुलो विश्वास र साथ रहेको वताउनुभएको हो । आगामी दिनमा पनि रेडियोको प्रसारणलाई जनअपक्षीत र प्रभावकारी ढगंले संचालन गर्ने विश्वास व्यतm गर्नुभएको छ । सामुदायिक रेडियो समानता कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रको पहिलो रेडियोको रुपमा स्थापना भएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *