तार्क्रेश्वर गाउँपालिकामा राहत वितरणमा देखिएको भेदभाव बारे समाजसेवी अधिकारी अबिरलको यस्तो अपिल अपिल

२०७७ बैशाख ४, बिहीबार १६:१३ गते २०७७ बैशाख ४, बिहीबार १६:१३ गते २०७७ बैशाख ४, बिहीबार १६:१३ गते

काठमाडौं ४ बैशाख।रसुवा नुवाकोट नेपाल पर्यटन समाज का महासचिव  गन्तव्य नेपाल ग्रुपका अध्यक्ष एवम् समाजसेवी शिव अधिकारी अबिरलले विश्व कोरोना भाइरसको माहामारी फैलीरहेको दैनिक ज्यालादारी गर्ने मजदुर गरिब परिवारलाई राहतको अभाव भैरहेको बेला राज्यले स्थानिय तह मार्फत राहत वितरण गरिरहेको बेला आधिकारीले सामाजिक संजाल मार्फत सुझाव सहितको अपिलगरेका छन्।  उनले अपिल मार्फत तारकेश्वर नगरपालिका मार्फत भैरहेको वितरण भैरहेको राहत र राहत वितरणमा देखिएको भेदभाव बारे आफु नजिक बाट नियालेको बारे अपिल मार्फत लेखेका छन् साथै उनले जनप्रतीनिथी यो बेला इमानदार हुनुपर्ने कुरा उल्लेख गरेका छन् ।

उनले अपिल मार्फत आम तारकेश्वर नगरपालिका र जनप्रतिनिधिलाई यसरी लेख्दै भनेका छन् … यतिखेर पूरै विश्व कोरोना महामारीले आक्रान्त छ । कोरोनाकै कारण हामी २४ दिनदेखि घर-घरमा बन्द छौं । यसबीच सरकारले लकडाउनका कारण समस्यामा परेका जनताका लागि भनेर राहत प्याकेज ल्याएको छ । राहत वितरणका सन्दर्भमा तारकेश्वर गाउँपालिका र त्यसअन्तर्गतका वडाहरू मार्फत भइरहेका क्रियापलापलाई हामी नजिकबाट सूक्ष्म रूपमा नियालिरहेका छौँ । तारकेश्वरभित्रबाटै राहत वितरणमा भेदभाव गरिएका गुनासाहरू पनि आइरहेका छन् ।विपद्को यस घडीमा हामी सबै जनप्रतिनिधिहरूलाई जनताप्रति इमानदार र जिम्मेवार हुन अपील गर्दछौँ । सबै वर्ग र समुदायका जनतालाई विना कुनै भेदभाव राहत वितरण गरियोस् । वास्तविक राहत पाउनुपर्ने कसैलाई पनि नछुटाइयोस् । सरकारका तर्फबाट जनतालाई राहत दिने कार्यमा आग्रह-पूर्वाग्रह या राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव नहोस् । यस्तो संवेदनशील समयमा गाउँ सरकारले सम्पूर्ण गाउँपालिकावासीको अभिभावक बनेर सहारा दिनुपर्नेमा यदि कुनै स्वार्थ वा पूर्वाग्रह साँध्ने काम गरिन्छ भने त्यो हामीलाई सह्य हुने छैन ।

कोरोनासँग जुध्न समस्त तारकेश्वरवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीलाई हौसला प्रदान गर्ने उद्देश्यले हामीले तारकेश्वरका सबै वडामा जनचेतना सहित घरघरै मास्क तथा स्यानिटाइजर वितरणको अभियान चलाएका छौं । जसअन्तर्गत, १३ हजार ५०० मास्क र ३०० थान स्यानिटाइजर तारकेश्वरभरि वितरण गरिसकेका छौं । यसबीचमा केही जनप्रतिनिधिहरूबाटै हाम्रो अभियानलाई बिथोल्ने असफल प्रयास पनि भएकै हो । तर हामी कत्ति पनि विचलित भएनौँ र हुने पनि छैनौँ । हाम्रो अभियान जारी छ । अझै पनि तारकेश्वरका कुनै गाउँ/टोलमा मास्क पुगेको छैन भने कृपया हामीलाई सम्पर्क गरिदिनुहोला । हामी सबै आमाबुबा, दाजुभाइ, दिदीबहिनीको सुख-दुःखमा जोडिन चाहन्छौं । सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्था र व्यावसायिक क्षेत्रलाई समेत अझै जिम्मेवार बनेर जनताको सुख-दुःखमा साथ दिन आग्रह गर्दछौं । आउनुहोस्, सबै मिलेर कोरोनालाई परास्त गर्ने सङ्कल्प गरौं।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed