३८ नेपालीको बिचल्ली – यू.ए.इ.को शारजाहबाट सहयोग गर्न आग्रह गर्दै ।। भिडियो सहित !!

२०७७ बैशाख ४, बिहीबार २३:१७ गते २०७७ बैशाख ४, बिहीबार २३:१७ गते २०७७ बैशाख ४, बिहीबार २३:१७ गते

कोरोना भाइरस अर्थात कोभीड १९ ले विश्व नै आक्रान्त भैरहेको बेला नेपालको जनजीवन देखि अर्थतन्त्रमा समेत ठुलो असर परेको छ। नेपालमा अहिलेसम्म १६ जना कोरोना संक्रमित पुष्ठि भैसकेको छ। नेपालमा संक्रमण मात्र देखिएता पनि प्रवाहमा रहने दर्जनौ नेपालीहरुको मृत्यु भैसकेको छ। खाडि मुलुक लागएत अन्य देशमा बस्ने लाखौं नेपालीको अहिले बिचल्ली भैसकेको छ । सयौंको संख्यामा संक्रमित समेत भैसकेका छ। बाहिरी मुलुकमा रहेका नेपाली लाई बिचल्ली भैरहेको बेला हाल सम्म नेपाल सरकारले प्रवासमा बस्ने नेपालीहरुको उद्धार एवम् व्यवस्थापनको लागि कुनै कदम चालेको देखीदैन। त्यसतै यू.ए.इ.को सारजाहामा कार्यरत नुवाकोट जिल्ला पन्चकन्या गाउँपालिका घर भइ बुद्धि बहादुर तामाङ सहित ३८ जना सारजाहा प्रान्तको ईमिरेट्स क्याप एल.एल.सि नामक ट्याक्सी कम्पनीमा कार्यरत छन्। हाल दुबईमा पनि कोरोना भाइरसका कारण पाँच हजार भन्दा संक्रमित भइसकेका छन् भने तेत्तीस जनाको मृत्यु भइसकेको छ। हाल ईमिरेट्स क्याप एल.एल.सि नामक ट्याक्सी कम्पनीमा कार्यरत मजदुरहरु काम बिहिन छ। एउटै कम्पनीमा ३८ जना नेपाली कार्यरत छन् अहिले काम बिहिन भएपछि अहिले उनिहरुको बिचल्ली भएको छ। प्रदेश अनलाईन खबरको प्रतिनिधि सङ्ग कुरा गर्दै बुद्धि बहादुर तामाङले हामी अहिले बिचल्लीमा परेका छौं। हामीलाई यहाँ खान बस्न पनि समस्या भएको र हामीलाई अहिले कम्पनी बन्द भएपछि खान बस्न धौधौ परेको छ हामी नेपाल जान चाहन्छौं। हामीलाई कुनै पनि संघसंस्था बाट सहयोग प्राप्त भएको छैन गैरआवासीय नेपालीको संस्था बाट जम्मा पन्ध्र सय दिह्राम प्राप्त भएको थियो तर हामी ३८ जनालाई त्यो दुई चार दिन पनि पुग्न सकेन। हामी विभिन्न माध्यम खोज्यो तर कुनै उपाय लागेन हाम्रो साथीको समुहले नेपाली राजदुतावासमा समेत हाम्रो समस्याको बारेमा भन्यौं तर राजदुतावास बाट हाल सम्म कुनै पहल हुन् सकेको छैन। हामीले नेपाली राजदुतावास लाई कम्पनीले हामीलाई काम बिहिन भएपछि खान बस्न नदिएको गुनासो समेत सुनाएको र हामीलाई नेपाल फर्काउन पहल गर्नु पर्यो भनेपछि पनि कुनै प्रतिक्रिया नआएको बताएका छन्।हाम्रो समस्या सम्बन्धित निकाय सम्म पुर्याएर सहयोग गर्न आग्रह गरेका छन्।

भिडियो:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed