कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान र प्रजातान्त्रिक विचार केन्द्र रौतहटद्वारा खाध्यान्न सहयोग

२०७७ बैशाख ५, शुक्रबार १३:३९ गते २०७७ बैशाख ५, शुक्रबार १३:३९ गते २०७७ बैशाख ५, शुक्रबार १३:३९ गते

रौतहट ५ बैशाख।  कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान र प्रजातान्त्रिक विचार केन्द्र रौतहटले कोरोना भाइसरका कारण लकडाउन हुदा समस्यामा परेका मानिसलाइ खाध्यान्न सहयोग गरेको छ ।रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नम्बर ५, राहात पाउनका लागी आवश्यक कागजपत्र नभएको कारण राहतबाट बन्चित ४० विपन्न परिवारलाइ खाध्यान्न बितरण गरीएको छ ।राहात स्वरुप हरेक परीवार २० केजि चामल, १ केजि दाल, १ प्याकेट नुन, १ लिटर तेल र १ वटा हातधुने साबुन वितरण गरीएको छ ।

आवश्यक काजतान नभएका तर घरमा खान समेत समस्या हुदै आएका परिवारको पहिचान गरी खाध्यान्न सहयोग गरीएको प्रजातान्त्रिक बिचार केन्द्र रौतहटका अध्यक्ष रविनचन्द्र कोइरालाले जानकारी दिएका छन । अध्यक्ष कोइरालाले राज्यमा भएका हरेक नागरिक लाई बाच्ने अधिकार रहेको र अहिलेको बिपतको अवस्थामा हामीले सकेको राहत सामग्री उपलब्ध गराएका छौं। स्थानीय तहमा राहत वितरणका लागि हरीकृष्ण घिमिरे, गोपाल हुमागाईं लगाएतका युवाहरुले घर घरमा राहत पुर्याएका थिए।प्रजातान्त्रिक बिचार केन्द्रले स्थापनाकालको छोटो समयमै विभिन्न सिर्जनात्मक कामहरु गर्दै आएको छ।.

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed