नेपालमा पहिलोपटक अपांग प्रतिभा अवार्ड २०२० हुने

२०७७ बैशाख ५, शुक्रबार १८:१५ गते २०७७ बैशाख ५, शुक्रबार १८:१५ गते २०७७ बैशाख ५, शुक्रबार १८:१५ गते

काठमाडौं ५ बैशाख नेपालमा फरक क्षमता (अपांगता) भएका व्यक्तिहरुका लागि पहिलोपटक डिफरेन्टली एबल ट्यालेन्ट अवार्ड हुने भएको छ ।दिव्यज्योति फाउन्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमिको संयुक्त आयोजनामा हुने उक्त अवार्ड कार्यक्रम नेपालको लागि अहिलेसम्म कै पहिलो अवार्ड हुनेछ। अवार्डमा सहभागिता जनाउनको लागि देशका सातैवटा प्रदेशका मुख्य शहरहरु बिर्तामोड ,ईटहरी,जनकपुर,चितवन,पोखरा, बुटवल नेपालगंज,धनगडीबाट फरक क्षमता भएका विभिन्न विद्याका प्रतिभाहरु छनौट गरी अवार्डको आयोजना काठमाडौंमा गरिनेछ।

यस अवार्डमा सहभागिता जनाउनेले नृत्य, गायन,चित्रकला,हस्तकला,आविस्कार,तथा संगीतिक कला प्रस्तुत गर्न सकिनेछ, जसलाई उत्कृष्ट प्रतिस्पर्धाका आधारमा विजेता घोषणा गराईनेछ । विजेताले तिन लाख नगद सहित मुस्ताङ घुम्ने अवसर पनि पाउने छन् ।यस अवार्ड कार्यक्रम संयोजक र व्यवस्थापन विश्व साइकल यात्री चित्र पौडेल र रश्मि रश्मी शाक्यले गरेका छन् भने समुह व्यवस्थापन युनिक भिजनले गर्ने छ। कार्यक्रम संयोजक शाक्यले संचारकर्मीहरु सङ्ग कुरा गर्दै कोरोना भाइरसको माहामारी अन्त्य भइसकेर लकडाउन खुलेर स्थिती सामन्य भैसकेपछि अवार्डका लागि आवेदन खुल्ला गरिनेछ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed