दूतावस भन्छः बहराइनमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ४९ पुग्यो

२०७७ बैशाख ५, शुक्रबार २१:४८ गते २०७७ बैशाख ५, शुक्रबार २१:४८ गते २०७७ बैशाख ५, शुक्रबार २१:४८ गते

एजेन्सी। नेपालीहरूको रोजगार गन्तव्य बहराइनमा ४९ नेपाली कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका छन्। मनामास्थित नेपाली दूतावसका अनुसार पछिल्लो परीक्षणका क्रममा थप २७ नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको हो। यो संख्या एक हप्तामै थपिएको हो।अघिल्लो शुक्रबारसम्म त्यहाँ २२ नेपाली संक्रमित देखिइसकेका छन्।‘संक्रमित हुनेमा पछिल्लो पटक २७ जना सहित नेपाली नागरिकको संख्या ४९ पुगेको छ’, दूतावासले शुक्रबार जारी गरेको कोरोना अपडेट सूचनामा भनिएको छ।

रोजगारीका लागि खाडी मुलुक पुगेका नेपाली कोरोनाका कारण चपेटामा छन्। कुवेतमा १४, युएई १२, साउदी ४ जना नेपाली कोरोनाबाट संक्रमित छन्। बहराइनमा सबैभन्दा बढी नेपाली संक्रमणमा परेका हुन्।बहराइनमा कोरोनाबाट शुक्रबारसम्म ७ जनाले ज्यान गुमाएका छन्, ९९० संक्रमित छन्।नेपाली दूतावासका अनुसार बराइनमा बिना कागजात रहेका कामदारलाई त्यहाँको सरकारले वैधानिक हुन वा बहराइन छोड्न २०२० डिसेम्बर ३१ सम्मको समय दिएको छ।दूतावसले शुक्रबार जारी गरेको कोरोना अपडेट:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed