नेपाली कथानक चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक

२०७७ बैशाख ९, मंगलवार १२:०९ गते २०७७ बैशाख ९, मंगलवार १२:०९ गते २०७७ बैशाख ९, मंगलवार १२:०९ गते

काठमाडौं। नेपाली कथानक चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको छ। हाल पोष्टप्रोडक्सनको अधिकाँस कार्य संपन्न भैसकेको रिलिज डेट तोकिएर गीत सार्वजनिक गर्ने तरखरमा रहेको चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको हो। बेलायतमा रहेका बरिष्ठ रंगकर्मी तथा अभिनेता सनम कुमार बैरागको निर्देशनमा चलचित्र कैदीको–पत्र बनेको हो। चलचित्र कैदीको–पत्र बेलायतमा नै आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्वर्गिय ईश्वर मानन्धरको कथा संग्रह कैदीको–पत्रमा आधारित चलचित्र कैदीको–पत्रको संपूर्ण छायाँकन बेलायतको स्कटल्याण्डमा संपन्न भएको हो।

४० दिनमा छायाँकन संपन्न भएको यस चलचित्रमा बेलायतमा नै रहेका नेपाली तथा विदेशी कलाकारहरुले अभिनय गरेको जानकारी निर्देशक बैरागले दिएका छन्। चलचित्र कैदीको–पत्रमा ३५ प्रतिशतभन्दा बढी अंग्रेजी भाषा रहेको छ। युवा पुस्ताको बर्तमान फिल्मी चासोलाई मध्यनजर गरेर चलचित्रको कथावस्तुअनुरुप अंग्रेजी भाषालाई पनि प्राथमिकता दिएको निर्देशक बैरागको भनाई छ। भिजन संसार प्रा.लि.को व्यानरमा निर्माण अनि निर्देशक बैरागकै गीत, पटकथा तथा संवाद रहेको यस चलचित्रमा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको समेत अभिनय रहेको छ। म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा लगायतका कलाकारहरुको विशेष अभिनय रहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *