योजना वचतद्वारा वडाका ८५ घरपरिवारलाई राहत वितरण

२०७७ बैशाख ९, मंगलवार १६:१५ गते २०७७ बैशाख ९, मंगलवार १६:१५ गते २०७७ बैशाख ९, मंगलवार १६:१५ गते

प्रिया अधिकारी।  रुपन्देही , बैशाख ९ .अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड (19) कोरोना भाइरसका कारण देशमा भएको लकडाउनले विपन्न वर्गमा पर्न गएको समस्याको मध्यनजर गर्दै योजना बचत ॠण सहकारी संस्था लिमिटेड कञ्चन १बेलभरियाको व्यवस्थापनमा कञ्चन गाउँपालिका वडा १ र २ मा बसोबास गर्ने अति विपन्न परिवारलाई राहत वितरण गरेको छ। खिम बहादुर जिएमको अध्यक्षतामा कञ्चन १ र २ वडाका लौसा बेलभरिया गजेडी र मटेरिया गरि ४ स्थानमा राहत वितरण सम्पन्न गरेको छ।

लकडाउनको समयमा विहान बेलुका काम गरि छाक टार्ने विपन्न परिवारलाइ भोकै बस्न नपरोस् भनी रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका मनकारी व्यक्तित्व तथा स्थानीय व्यक्तित्वको सहयोगमा पीडित परिवारलाई केहि राहत मिल्ने हिसाबले कञ्चन १ भेलभरियामा स्थापित संस्था योजना वचत ॠण सहकारीले अति विपन्न वर्गका ८५ घर परिवारलाई राहत अन्तर्गत २० केजि चामल,५केजि गहुँको पिठो ,२ केजि दाल १/१नुन र खानेतेल २प्याकेट सोयावडी साथै हात धुने सावन वितरण गरेको छ। यस कार्यक्रमका लागि योजना वचत तथा ऋण सहकारी संस्थालाई सहयोग गरेकोमा सम्पुर्ण सहयोगी मन प्रती आभार प्रकट गरेको छ। कञ्चन गाउँपालिका वडा १मा घर भइ दक्षिण कोरियामा रोजगारीका लागि सहयोगी व्यक्तिहरु दिपक पौडेल ,दिपेन्द्र पौडेल ,कृष्ण पौडेल ,फटिक पौडेल ,श्याम पौडेल ,सोमनाथ पौडेल, सरोज सुवेदी ,कमल ज्ञवाली ,निश्चल जिएम वडा २ का अमृत अधिकारी ,सैनामैना नगरपालिका ३ का छवी थापा, सौ फर्साटिकरका कमल खत्री र स्थानीय संस्था योजना वचत संस्थालाई स्थानीय व्यक्ति वैज नाथ भुजले सहयोग गरेका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *