राम प्रघट कोरी/बैशाख ९ – विजयनगर कपिलवस्तुमा अवैद्य काठका ५ ओटा सिसौका गोलिया मंगलवार प्रहरीले बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नं. ११ कप्तानगञ्जको सागवनको बगैँचा लुकाईछिपाई राखेको अवस्थामा काठ बरामद गरिएको सशस्त्र प्रहरी बल डालपुरका प्रमख अनिरुद्र हाजराले जानकारी दिनुभएको छ ।
काठलाई साँझ ५ बजेतिर बरामद गरिएको हो । बरामद गरिएको काठलाई आजै गौतम बुद्ध साझेदारी बन कार्यालय उज्जवलपुरमा बुझाइएको हाजराले बताउनुभयो । उक्त काठको मूल्य ७५ हजार रुपियाँ बराबरको पर्ने रहेको बताउनुभयो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको (कोभिड–१९) संक्रमणलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको मौकाछोपी अवैद्य रुपमा काठको चोरी निकासी गरिरहेको उहाँले बताउनुभयो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0