काठमाडौँ, बैशाख १० — राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन भएको छ। लामोसमयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको छ।
करीब ११ बजे भएको सहमतिमा दुवै पार्टीका चार चार जना नेताले हस्ताक्षर गरेका छन्। सहमतिपत्रमाराजपबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहरू अनिलकुमार झा र राजकिशोर यादवले भने सहमतिपत्रमा यसमा हस्ताक्षर गरेका छैनन्। पार्टीको झन्डा समाजवादीको र चुनाव चिन्ह राजपाको राख्ने पनि सहमति भएको छ। सहमतिका आधारमा नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। पार्टीको वरियता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।
Views: 0