अजय मिश्र प्रडेश ५, कृष्णनगर, वैशाख १३ – कपिलवस्तु जिल्लाको कृष्णनगर मा लायन्स कल्ब द्वारा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी ३९ नं गुल्ममा मास्क हस्तांतरण गरिएको छ। विश्व मा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा नेपालमा समेत यस्को असर परेकाले लक डाउनको स्थित छ ।
यस महामारीको अवस्थामामा समेत चौबिसै घण्टा सेवा दि रहेका प्रहरी, डाक्टर, पत्रकार लगायत अन्य ले हाम्रो लागी खटेका छन् ।उक्त अवस्था लाई मध्यनजर गर्दै आज इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रताप पौडेल र सशस्त्र प्रहरी ३९ नं गुल्मका सशस्त्र प्रहरी निरिक्षक लाई २५०/२५० थान मास्क हस्तांतरण गरिएको कुरा सिनियर डिस्ट्रिक्ट एडवाइजर लायन दिनेश चन्द्र गुप्ता ले जानकारी दिए साथै आगामी दिनमा समेत हाम्रो तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उक्त मास्क हस्तांतरणमा प्रथम उपाध्यक्ष नसरूल्ला खां, अनिल कुमार मोदनवाल, कल्ब डाइरेक्टर विजय कुमार अग्रहरी, कल्बका कोषाध्यक्ष श्याम कुमार मिश्र लगायतको उपस्थित रह्यो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *