कृष्णनगर नगरपालिका आयोजनामा कृष्णनगरलाई पिपिइ हस्तान्तरण ।

२०७७ बैशाख १३, शनिबार १७:३६ गते २०७७ बैशाख १३, शनिबार १७:३६ गते २०७७ बैशाख १३, शनिबार १७:३६ गते

कृष्णनगर, वैशाख १३ – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका र कृष्णनगर नगरपालिका वडा नं २ को संयुक्त सहयोगमा ३० थान पिपिइ इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल लाई हस्तान्तरण गरिएको छ । विश्वमा फैलिएको (COVID-19) कोरोना भाइरसका कारण पछिल्लो समय देश लकाडाउनमा छ । महामारीको समयमा सेवा प्रदान गर्ने निकायहरूलाइ सुरक्षीत राख्न नगरपालिकाले पिपिइ सेट इलाका प्रहरी कार्यालय कृष्णनगरलाइ हस्तान्तरण गरेको हो । कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष संजय कुमार गुप्ताले उक्त सुरक्षा सामाग्री इ प्र का लाई प्रदान गर्दै आगामी दिनमा समेत आफूहरु बाट हुन सक्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। सुरक्षा सामाग्री प्रदान गर्ने कृष्णनगर नगरपालिका लाई इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले धन्यवाद व्यक्त गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *