बैशाख १४,नुवाकोट – अहिलेको कोरोना भाईरसको माहामारीबाट बच्नको लागि सरकार पक्षले आम नागरिकको सुरक्षाका लागि लकडाउन गरेपनि मास्क सम्म वितरण गर्न नसकेको बेलामा विभिन्न संघ संस्थाहरुले निःशूल्क मास्क वितरण गरिरहेका छन। यस्तो अवस्थालाई हेरेर कल्याणकारी स्वयंसेवक संघ नेपाल को केन्द्रीय कमिटीको सहयोग बाट प्राप्त ५०० थान माक्स नुवाकोटको किस्पाङ गाउँपालिकामा संघका नुवाकोट सयोजक बिरबल तामाङ र किस्पाङ गाउँ पालिका कल्याणकारी स्वयंसेवक संघ का सद्स्य हरु मार्फत गाउँपालिका प्रमुख छत्र लामा र पालिका स्वस्थ्य बिभाग प्रमुख चक्र बहादुर शाही लाई हस्तान्तरण गरिएको छ ।
कोरोना भाईरसको संक्रमणवाट जोगिन र स्वास्थ्य सुरक्षामा सहयोग पुगोस होस भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत ५ सय वटा मास्क नुवाकोट पठाईएको कल्याणकारी स्वयंसेवक संघ नेपालका केन्द्रिय अध्यक्ष अक्कल तामाङले बताएका छन्। तामाङले कोरोनाभाइरसबाट बच्न र बचाउन मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन र व्यक्तिसँगको दुरी टाढा राख्न लगायतका अभियान पनि चलाइरहेको जानकारी दिएका छन्। युवा व्यवसायी तथा समाजसेवी तामाङले विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेर विभिन्न सिर्जनात्मक कार्य गर्दैआएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *