बाघलाई बिरोलो ठानेर घरमा ल्याएपछि…

२०७७ बैशाख १४, आईतवार १९:०३ गते २०७७ बैशाख १४, आईतवार १९:०३ गते २०७७ बैशाख १४, आईतवार १९:०३ गते

एजेन्सी। वालिङ : वालिङ नगरपालिका–१ रामबाच्छाका बालबालिकाले बिरालो ठानेर घरमा ल्याएको जनावर । चरीबाघ डमरु रहेको पुष्टी भएको छ। स्थानीय बालबालिकाहरु खेल्ने क्रममा देखेपछि बिरालोको बच्चा भन्दै खेलाउँदै घर ल्याएका थिए।परिवारले पनि बिरालो भन्दै घरमा पाल्ने निर्णय गरे। तर, परिवारलाई बिरालाको जस्तो स्वाभाव लागेन ।

सांसद रेग्मीले डिभिजन वन कार्यालय स्याङजाका प्रमुख कोमलराज काफ्लेलाई खबर गरी डमरु लिएर कार्यालयमै पुगे ।‘झट्ट हेर्दा बिरालो जस्तो पनि होइन, बाघ पनि होइन जस्तो लाग्यो।’ प्रमुख काफ्लेले भने– ‘धेरै पटक उसका विभिन्न अंग हेर्दै अनुसन्धान गरेंपछि मात्र डमरु नै लाग्यो।’राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत चरीबाघ संरक्षित वन्यजन्तुमा पर्दछ भने अन्र्तराष्ट्रिय कानून साइटिस अनुसार चरी बाघलाई लोपोन्मुख प्रजातीमा राखिएको काफले जानकारी दिए। करिब ४÷५ महिने डमरु आमा खोज्दै बाहिर आएको हुनसक्ने अनुमान उनको छ ।अहिले सो डमरु डिभिजन कार्यालय स्याङजामा राखिएको छ । डमरुले दुध, भात र कुखुराको मासु खाने गरेको छ । कार्यालयले केही दिन पालेर ठूलो बनाएर जंगलमै छाड्ने वा कास्की स्थित पचभैयामा रहेको जनावर उद्धार केन्द्रमा पठाउने भन्ने बारेमा छलफल भइरहेको डिभिजन प्रमुख काफलेले जानकारी दिए । यसबारे भने लकडाउन खुलेपछि निर्णय गरिने भएको उनले बताए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *