काठमान्डू। राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाबिर पुनले अनलाइन कक्षा सञ्चालनको लागि विद्यालय तथा कलेजलाई समन्वय तथा आवश्यक सहयोग गर्ने भएका छन् ।अनलाइन कक्षा सञ्चालनको लागि चाहिने टेक्निकल व्यवस्था नेपाल रिसर्च तथा एजुकेशन नेटवर्क संस्थाले गर्नेछ ।संस्थाले विद्यालय तथा कलेजलाई अनलाइन कक्षा सञ्चालनको लागि आवश्यक पर्ने भिडियो कन्फेरेन्सिङ सफ्टवेयरको लाइसेन्स तीन महिना सम्मको लागि मात्र उपलब्ध गराउने छ ।अनलाइन कक्षा सञ्चालनको लागि पढाउने शिक्षक, पढाउने ठाउँमा चाहिने इन्टरनेट, ल्याप्टप तथा डिजिटल क्यामेराको बन्दोबस्त सम्बन्धित शिक्षण संस्थाले आफ्नै खर्चमा गर्नुपर्नेछ । साथै आफ्ना विद्यार्थीलाई पनि तयारी अवस्थामा सम्बन्धित शिक्षण संस्थाले राख्नु पर्नेछ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0