दोलखा १६ – देश यतिबेला कोरोना भाइरसको जोखिम नियन्त्रण गर्नको निम्ति लकडाउनमा छ। यसै बिचमा काठमाडौमा अलपत्र रहेका दोलखा जिल्ला स्थायी घर भयका नागरिकलाई उद्दार गर्ने उदेश्यका साथ जिल्लाका स्थानीय तह,सांसद,नेता लगायत विविध ब्यक्तीको पहलमा लकडाउन बिच २०७७ बैशाख ८ र ९ गते अलपत्र मजदुर,जेष्ठ नागरिक ,महिला तथा बालबालिका लाई जिल्ला भित्राइएको थियो। यसै समयमा दोलखाको मेलुङ गाउँपालिकाले सबैभन्दा पहिला आफ्नो नागरिकलाई सुरक्षाको साथमा गाउँ घरमा पुर्याउने नमुना काम देशकै पहिलो गाउँपालिका हो।स्थानीय तह मार्फत आफ्ना नागरिक हरुलाई आफ्नो स्थायी बसोबास गर्ने ठाउँ सम्म उद्दार गर्ने उदेश्य ले मेलुङ गाउँपालिकाले नेकपाका नेता शंकर लामा लाई आफ्ना गाउँपालिकाका जनता लाई आफ्नो घर सम्म ल्याउन सहजीकरण गर्न का निम्ति मेलुङ गाउपालिकाले जिम्मेवारी दियको थियो र गाउँपालीका सङ्ग समन्वय गरि अलपत्र रहेका नागरिक लाई उद्दार गर्ने उदेश्य का साथ योजना भयको पनि थियो। मेलुङ गाउँपालीका भरी काठमाडौ बाट आयको यातायात हरुको भाडा भुत्तानी को सन्दर्भमा संचार माध्यम हरुमा मेलुङ गाउँपालिका स्थानिय बिदुर शर्माले २० लाख खर्च गरि काठमाडौमा अलपत्र मेलुङ गाउँपालिका स्थानिय हरुलाइ आफ्नो घर सम्म उद्दार भयको खबर केहि दिन देखि फैलियको छ।उता गाउँपालिका लाई जानकारीनै छैन संन्चार माध्यम मा आयको यस्तो खबरको केही दिनमै गाउँपालिकाले सार्बजनिक सुचना मार्फत आफ्नो गाउँपालिका सम्म आफ्ना नागरिक लाई ठाउँ सम्म ल्याइदिएका यातायात ब्यबसायी वा मजदुर हरुलाइ बिलबुक र चालक अनुपती पत्र लिइ भुत्तानी का लागि गाउँपालिकामा सम्पर्क का लागि आह्वान गर्यो।
खास कुरा केहो त?
यसै सन्दर्भ मा आज २०७७ बैशाख १६ दिउँसो टेलिफोन बार्ता मार्फत आखिर यस भित्रको यथार्थ के हो र २० लाख सहयोग कसरी आयको हो भन्ने सम्दर्भमा मेलुङ गाउँपालिका अध्यक्ष नर ब. श्रेष्ठ लाई यसैबिच मा रहेर प्रश्न गरेका थियौ, उहाँले भन्नू भयो, “गाउँपालिका मार्फत बैशाख ८ र ९ मा स्थानिय नागरिक लाई ल्याउन नेता शंकर लामा जिम्मा दिय पनि नेता शंकर लामा ले गाउँपालिका ले केही पनि सहयोग नगरेको आरोप लगाउनु भए छ ” २०७६ चैत्र २७ मा बसेको भेलाले पालिकाको लागि तत्काल कसैसँग चन्दा नमाग्न र कसैले राहत बितरण नगर्न र नगराउने निर्णय गरेको कुरा उल्लेख गर्दै कोहि कसै सङ्ग ब्यक्तिगत चन्दा उठाइ प्रदेश सरकार स्थानीय तहमाथी भरोसा नराखी वा जानकारी नदिइ उक्त निर्णय समेत उल्लंघन गरेको एक द्वार प्रणाली द्वारा बितरण गर्ने सरकारको आदेस पनि उलंघन गरेको समेत गा.पा अध्यक्ष श्रेष्ठले अन्लाईन खबर संग बताउनु भयो । नेता लामा ले पालिकाले सहयोग नगरेको भन्दै ब्यक्तिगत चन्दा लिइ कसैको पुर्बाग्रह र अपारदर्शी तरिकाले २०-२२ लाख सहयोग गर्यो भनेको कुरा लाई स्विकार्न सकिन्न र सहयोग गरिएको भन्ने ब्यक्ति को हो?के हो?मैले चिनेको छैन,गाउँपालिका र प्रदेशले केही नगर्ने र एउटै ब्यक्ती वा ब्यक्तिगत रुपमा लियको चन्दा नै सबै हो भन्नू उचित नरहेको बताउनु भयो।
वडा अध्यक्ष र स्वयंम को सहयोग र पहलमा रातारात आफुपनी लागि परेको तर संचार माध्यमबाट गलत प्रचारप्रसार गरेको मेलुङ गाउँपालिकामा कुनै सहयोगको सहकार्य गरेको हाकिलाइ जानकार छैन भन्दै अध्यक्ष श्रेष्ठले मेरो गाउँपालिकाको जनताको निमित्त अफु जस्तोसुकै परिस्थितिमा पछि नहट्ने बिकासको काम पछि राखेर पनि यो बिपत्तिमा सबैलाई उदार गर्नी समेत बताउनु भयो।हामीले परिपत्र गरिसकेको छौ चालक र अनुमती पत्र का साथ सम्पर्क गरि आफ्नो सवारीको भाडा भुत्तानीका लागि सार्बजनिक सुचना जारी गरेको छौ उहाले जानकारी दिनु भयो ।।
Views: 0