सन्दिप बराल। मित्र एउटा येस्तो शब्द जस्ले संन्सारको सबै भन्दा अमुल्य सम्बन्ध बताउछ ।।। मनाव जातीको बिकाससंगै मानिस जातीमा मानवताको भाव पलाए सगै मित्रताको आवस्यक महसुस हुदै गएको भन्न सकिएला तर येहि कुरा नै सहि हो भन्नू नि एक तर्फबाट म गलत साबित हुन्छु किन कि हामी मानिस जातीले भन्दा मजाले जनवारले मित्रतको मुल्य बुझेको छ कि जस्तो लाग्यो मलाई।।। यो एक मनोवैज्ञानिक सम्बन्ध हो। साथी-साथी वा एक अर्को व्यक्तिप्रतिको पारस्परिक आत्मीयता तथा मायाको सम्बन्धलाई मित्रता भन्दछन्।
हामी मानव जातिले एति धेरै आबिस्कार र अनुसन्धान गरि सके त्यो बिचमा विभिन्न उपकरणहरुको आबिस्कार गरे पछि मानवमा मित्रताको आवस कम हुँदै गएको देखिन्छ मित्रता नै हराई सक्यो भन्न अलिक सक्दिन किन भने अजै पनि मित्रतालाई खास मान्ने केही व्यक्तिहरु अजै समाजमा छदै छ्न तर मलाई लाग्छ ति मानिसहरु को अन्त्य सगै मानव जातिमा मित्रता आवस भने खिया लगेको फलाम झैं बिस्तारै बिलिन हुँदै जाने छ।। आधुनिकरण त हुँदै गयो संसार निकै सकारात्मक परिवर्तनहरु नि लियाएकै छ तर मोबाईलको र ईन्टरनेटको बिकास सगै मित्रता प्रती बाट मानिस टाढा गोइरा छन् कि जस्तो लाग्न थाल्यो।।। अब मेरो यो कुरालाई तर्क काट्ने कयौ मानिस होलान् ।। कति पएले मलाई भन्ने पनि गरेका छ्न्न फेस्बुकले कति साथी बनाउन पाए मैले यो ठाउँ र त्यो ठाउँका साथीहरु छन् यार मेरा हुन त हो पनि कति खुसी मिल्छ टाढा टाढाका साथी हुनु तर के त्यो फेस्बुक बाट साथी पाए पछी तपाईंको हर सुख दु:खमा साथ दिदै आएको साथिको उतिकै कदर भाको छ कहिले सोच्नु भाको छ।।
आधुनिकरण नै दोषी हो पनि भन्दिन म त्यो त मानिस मानिसमा फरक पर्ने कुरा हो कुन तरिकाले आफ्नो साथीलाई व्वहार गरि रहेका छन्।। तेस्तै १० बर्ष अगाडिको कुरा झल झली सम्झनछु अनि आँखाबाट थोपा थोपा आँसु तप तप झर्छन्।। कति रमाइलो थियो त्यो दिन हरु न मोबाइल फोन तेति धेरै प्रयोगमा थियो न त ईन्टरनेट नै दिन भरी लुकामारी र भाडाकुडी खेलेको याद आउछ।। हुन् त संसार येस्तो आधुनिक भै सकेको बेला कस्लाई पो माटोको भाडाकुडी खेल्न मन लाग्छ र मोबाइल र ईन्टरनेट छोडेर लुकामारी खेल्ल मन लाग्छर ।।।परिवर्तन आधुनिकरणले मात्र होइन मानिसको सोचले पनि ल्याएको रहेछ पैसा र धन हुनेको धनीनै साथिहुने अनि गरिब बेसाहार एक्लो लाचार ।। संसार स्वर्थी भएको हो या मित्र थाहा छैन तर जे होस हिजो सम्म म बिरामी छु यार आइज न भन्दा भ्याउदिन भन्ने साथि आज घुम्न जुम म खर्च गर्छु भन्दा बिहानै हाजिर भै सक्छ।।
सायद सम्बन्ध पैसामा पो बडि बिक्न थाल्यो कि?? सबै मित्र फेरि उस्तै हुँदैन है सधैं साथ र हाते मालो गर्ने साथी पनि अजै कतै कतै पाइन्छन् कि आशा गरौं ।।हिजो सम्म तेरो लागि ज्यान दिन्छु भन्रे मित्र आज हस्पिटलको बेड मा छ्ट्पटी रहेको बेला १ पिन्ट खुन दिन पैसाको मोल गर्छन् ।।। अपरिचित मानिसले आज दु:खमा निस्वार्थ सहयोग गर्छ तर मित्र दिन दिनै मतलबी हुन थालेका छन् ।।।साथिलाई बिश्वको अमुल्य सम्बन्ध भन्छन् त्यो सम्बन्धलाई सधैं सम्मान दिऔं ।। माया र ममताले मित्रता पाऔं र दिऔं पैसा र स्वर्थको लागि होईन बुजौ मर्दा खेरि कात्रो ओडाउने कोहि न हुँदा तै मित्र आइ पुग्छ तेसैले मित्रलाई सधै मुटुमा आत्मसात गरेर राखौं।
Views: 0