विजयनगरमा म्यादी प्रहरी भर्ना आव्हानको साथै सामाजिक दुरी कायम गरी साना विकास निमार्णका कार्य सञ्चालन गर्ने

२०७७ बैशाख १६, मंगलवार १९:३३ गते २०७७ बैशाख १६, मंगलवार १९:३३ गते २०७७ बैशाख १६, मंगलवार १९:३३ गते

राम प्रघट कोरी . बैशाख १६ –विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकाले मंगलवार एक सूचना जारी गर्दै ५० जना म्यादी प्रहरी भर्नाका लागि आव्हान गरेको छ । आजै बसेको गाउँकार्यपालिकाको बैठकले दैनिक ज्यालादरी सेवामा पदपूर्ति गर्न ३ दिनभित्र दरखास्त दिन आव्हान गरेको हो । अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि गाउँपालिका भित्र थप निगरानी गर्न म्यादी प्रहरी भर्ना गर्न लागेको हो । सरकारले लगाएको लकडाउन अवधीभर आवश्यकता अनुसार म्यादी प्रहरीलाई परिचालन गर्ने जनाइएको छ ।

विजयनगर गाउँपालिका भारतको सिमानासँग जोडिएको र खुल्ला सिमाना भएकोले भारतबाट व्यक्तिहरु लुकीछिपी आउने सक्ने सम्भावना बढी रहेकोले सुरक्षाकर्मीको समन्वयमा थप निगरानीका लागि म्यादी प्रहरी भर्ना गर्न लागेको हो । यसरी भारतबाट आउने व्यक्तिबाट कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्र्दै गाउँपालिकाले सिमामा थप कडाईका साथ निगरानी बढाउन आश्यकता अनुसार म्यादी प्रहरी परिचालन गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ । यस्तै गाउँपालिकाले आन्तरिक साना विकास निमार्णका कार्य पनि सञ्चालन गर्ने निर्णय गरेको छ । अत्यावश्यक कामहरुलाई खुकुलो बनाउनुको साथै साना विकास निमार्णका कामहरु सामाजिक दुरी कायम गर्दै सुरक्षित तवरबाट सुचारु गरिने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *