रेडियो ब्रोडकास्टर फोरम द्वारा सरकारलाई ध्यानाकर्षण

२०७७ बैशाख १६, मंगलवार २१:४६ गते २०७७ बैशाख १६, मंगलवार २१:४६ गते २०७७ बैशाख १६, मंगलवार २१:४६ गते

सन्तोष भट्टराई, काठमाण्डौ । रेडियो ब्रोडकास्टर्स फोरम नेपालले कोभिड १९ बाट एफएम रेडियो सञ्चालनमा परेको नकरात्मक प्रभावबारे ध्यानाकर्षण गराउँदै राहत र सहयोगको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।रेडियो ब्रोडकास्टर्सहरु को तर्फबाट ब्रोडकास्टर्स फोरमका अध्यक्ष आर.के श्रेष्ठले सोमबार सरकारका प्रबक्ता एबमं सञ्चार तथा सूचना प्रबिधि मन्त्री डा. युवराज खतिवडा र सचिव दिपक सुवेदीलाई ४ बुँदे ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।लकडाउनको समयमा आम जनतालाई सूसुचित गराउन सबैभन्दा प्रभावकारी भूमिका खेलेको रेडियो स्टेशनहरु भने लकडाउनका कारण आर्थिक दूरावस्थामा पुगेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

लकडाउनका कारण आर्थिक क्रियाकलाप ठप्प हुँदा एफएम रेडियोहरुको आम्दानीको मुख्य स्रोत व्यवसायिक विज्ञापनमा ९० प्रतिशत कटौति भएको उल्लेख गर्दै फोरमले यसैका कारण धेरै रेडियोहरु आर्थिक संकटमा पर्न थालेकोले राहत प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा रेडियोहरुका लागि २ महिनाका लागि आवश्यक थप बजेटको व्यवस्था गर्न र आर्थिक वर्ष २०७७/०७८ को लागि नविकरण शुल्क छुटको व्यवस्था मिलाउन माग गर्नुका साथै आर्थिक वर्ष २०७६/०७७ को अन्तिम चौमासिकका लागि घर भाडा कर छुट गर्न आवश्यक समन्वय गर्न र आगामी ६ महिनासम्मका लागि विद्युत टेलिफोन तथा इन्टरनेट शुल्कमा छुटको व्यवस्थाका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *