कोरोना भाइरसबाट बच्न विषाक्त रक्सी खाँदा सयौँको मृत्यु

२०७७ बैशाख १८, बिहीबार ०८:३२ गते २०७७ बैशाख १८, बिहीबार ०८:३२ गते २०७७ बैशाख १८, बिहीबार ०८:३२ गते

तेहरान : विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा संख्या सात सयभन्दा बढीको मृत्यु भएको छ। रक्सी सेवन गर्दा कोविड संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाहरूको मृत्यु भएको अधिकारीले जनाएका छन्। सरकारी अधिकारीले दिएको जानकारीअनुसार विषाक्त रक्सी सेवनका कारण कुल ७२८ जनाको मृत्यु भएको हो।गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरूले अत्यधिक रक्सी सेवन गरेका थिए। इरानमा गत वर्ष पनि विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको थियो।

देशमा कोविड संक्रमण फैलिन थालेपछि उनीहरूले अत्यधिक मात्रामा रक्सी सेवन गरेका थिए। इरान कोविड संक्रमण फैलिएको हिसाबले खाडीकै सबैभन्दा बढी प्रभावित देशमा पर्दछ।इरानका स्वास्थ्य मन्त्रायका प्रवक्ता किनौश जाहनपौरले शुरुमा ५ हजार ११ जनाको विषाक्त रक्सीका कारण मृत्यु भएको र पछि ९० जनाको मृत्यु भएको जानकारी दिए। विषाक्त रक्सीका कारण आँखा खराब भएर मृत्यु भएको उनले जानकारी दिए।

इरानका अधिकांश भागमा रक्सी प्रतिबन्ध रहेको छ। यद्यपि रक्सी सेवनका कारण कोविडबाट बच्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि कैयौं व्यक्तिले त्यही हल्लाका पछि लागेर कडा प्रकारका रक्सी सेवन गरेका थिए।विषाक्त रक्सीले सुरुमा मस्तिष्कलाई असर गरेर शरीरका अन्य अंगलाई पनि काम गर्न नसक्ने बनाउने गरेको अधिकारीले जनाएका छन्। उनीहरूमा छाती दुख्ने, वान्ता हुने, आँखामा समस्या हुनेलगायतका लक्षण देखिएको थियो। इरानमा अहिलेसम्म कोविडका कारण मृत्यु हुनेको संख्या ५ हजार ८०६ पुगेको छ भने ९१ हजारभन्दा बढी संक्रमित भएका छन्।अन्नपुर्णपोस्टबाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *