‘अनलाइन कक्षाले अनावश्‍यक दबाब सिर्जना गर्‍यो, बन्‍द गर्नू’

२०७७ बैशाख १८, बिहीबार १९:०२ गते २०७७ बैशाख १८, बिहीबार १९:०२ गते २०७७ बैशाख १८, बिहीबार १९:०२ गते

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउन लम्बिँदै जाँदा यसको असर शिक्षा क्षेत्रमा समेत परेको छ । लामो समयदेखि विद्यालयहरु बन्द हुँदा विद्यार्थीहरुले पढ्‍न पाएका छैनन् ।यसलाई व्यवस्थापन गर्न विभिन्‍न विद्यालय तथा कलेजहरुले अनलाइन कक्षा सञ्‍चालन गरेका छन् । यसरी अनलाइन कक्षा सञ्‍चालन गर्दा अनलाइनको पहुँच नभएका र आवश्‍यक पूर्वाधार नभएका विद्यार्थीलाई विभेद र मानसिक तनावको स्थिति सिर्जना हुने विज्ञहरुले सुझाएका छन् ।

यसै प्रसंगमा पोखरा नगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै अनलाइन कक्षाले सम्पुर्ण विद्यार्थीहरुमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिना नै कक्षा सञ्चालन गर्दा समाजमा थप विकृती निम्त्याउनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विद्यार्थी तथा अविभावकहरुलाई मानसिक दबाव समेत पर्ने गरेकोले त्यस्ता कक्षाहरु बन्द गर्न निर्देशन जारी गरेको छ ।अनलाइन कक्षाले आवश्‍यक उपकरण नभएका र इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीहरुलाई मानसिक तनाव र अभिभावलाई संकटका समयमा आर्थिक भार पर्ने भएकोले अहिले यस्ता कक्षा सञ्‍चालन बन्द गर्न महानगरले निर्देशन जारी गरेको हो । यसअघि बिल गेट्‍सले समेत अनलाइन कक्षाले शिक्षामा प्रविधिगत विभेद र भेदभावको स्थिति सिर्जना गर्नेभन्दै विश्वको ध्यानाकर्षण गराएका थिए । उनले अनलाइन कक्षा सञ्‍चालनमा लागि सरकारले सम्पूर्ण पूर्वाधारको क्षमता विस्तार गरी सहज पहुँच स्थापित गर्न सके अथवा विद्यालयले नै सबैमा समान पहुँच र उपकरण उपलब्ध गराउनसके मात्रै प्रभावकारी हुने सुझाव दिएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *