नेपाललाई यूएईले गरेको सहयोग अविस्मरणीय : मौलाना मसहूद

२०७७ बैशाख १८, बिहीबार १९:१५ गते २०७७ बैशाख १८, बिहीबार १९:१५ गते २०७७ बैशाख १८, बिहीबार १९:१५ गते

कपिलवस्तु, कृष्णनगर, वैशाख १८ विश्वमा फैलिएको COVID19 महामारी लाई मध्यनजर गर्दै संयुक्त अरब इमिरेट्स यूएईले नेपालमा कोरोना भाइरसको रोकथामका लागि प्रत्यक्ष रुपमा लडिरहेका स्वास्थ्यक्रमी,सुरक्षाकर्मी,सफाईक्रमी लगायतहरुको लागि सात मेट्रीक टन स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ। सहयोग गरेका स्वास्थ्य सुरक्षा समाग्री कोरोना भाइरसको उपचारमा खटिएका सात हजार जना लाई पुग्ने यूएईले जनाएको छ। यूएईले प्रदान गरेको स्वास्थ्य समाग्री सहितको जहाज बुद्धवार नै नेपाल पुगेको छ।

नेपालका लागि युएईका राजदूत सईद हमदान अल नकबीले “युएई कोभिड १९ महामारीको सामना गर्ने सबै देशहरूलाई सहयोग गर्न प्रतिबद्ध छ। एक अर्कोको सहयोगको माध्यमबाट मात्र हामी एकजुट भई यस संकटबाट बाहिर आउन सक्दछौं।विपदको यस्तो स्थितिमा नेपाल लाइ यूएईले गरेको सहयोग अविस्मरणीय रहेको र सम्पूर्ण नेपाली जनता मिलेर यो कोरोना भाइरस बिरुद्धको लडाईमा आआफ्नो स्तरबाट हुने सहयोग गर्नुपर्ने जिक्र गर्दै यूएईका राष्ट्रप्रमुख खलिफा बिन जाएद अल नहयान र राजदूत संईद हमदान अल नकबी लाई राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले हृदय देखि धन्यवाद समेत दिए। त्यसै क्रममा ५नं प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले यूएई लाई धन्यवाद दिदै हाम्रो देश कोरोना भाईरस संक्रमणको समयमा कुनै पनि तरिका ले सहयोग गरेका राष्ट्रहरुको योगदान अविस्मरणीय रहने बताउनु भयो।साथ साथै राष्ट्रीय मदरसा संघ का उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर अहमद बरेलवी ले समेत उक्त सहयोग प्रति युएई सरकार लाई धन्यवाद समेत दिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *