अस्पतालमाको भिडियोमा लर्बरिएको आवाजमा ऋषि कपुरको अवाज : ‘मिहिनेतपछि अबश्य पाइन्छ सफलता’

२०७७ बैशाख १९, शुक्रबार ०८:२६ गते २०७७ बैशाख १९, शुक्रबार ०८:२६ गते २०७७ बैशाख १९, शुक्रबार ०८:२६ गते

एजेन्सी। नाम र सफलता मिहिनेतपछि मात्रै पाइन्छ… यो भिडियो सन्देश हो बलिउड अभिनेता ऋषि कपुरको । यो भिडियो अब सोसल मिडियामा भाइरल भइरहेको छ । सोसल मिडियामा भाइरल भएको यो भिडियो फेब्रुअरी २०२० को हो । अस्पतालमा भर्ना भएका ऋषि कपुरसमक्ष डीके सानू नामका व्यक्तिले रेकर्ड गरेका थिए । यसलाई ऋषि कपुरको अन्तिम भिडियो भनेर भाइरल गरिएको छ ।क्यान्सरसँग जुधिरहेका ऋषि कपुरको बिहिबार बिहान पौने ९ बजे निधन भयो । बेलुकी साढे ४ बजे मुम्बईको चन्दनवाडी श्मशान घाटमा उनको अन्तिम संस्कार गरियो । यतिबेला उनकी श्रीमती नीतू, छोरा रणबीर कपुर, करिना कपुर, सैफ अली खान, अभिषेक र ऐश्वर्या बच्चन उपस्थित थिए । ऋषिको निधनमा श्रीमती नीतूले अन्तिम समयसम्म पनि उनले मानिसहरुलाई हँसाइरहेको बताइन् ।

जीवनभरीका लागि अविष्मरणीय बन्यो यो पाठः यो भिडियोमा ऋषि लर्बरिएको स्वरमा भनिरहेका छन्, ‘मेरो आशीर्वाद तिमीलाई छ । धेरै सफल हुनु, मिहिनेत गर । हेर, चर्चा, नाम यी सबै मिहिनेत पछि आउँछन् । जबसम्म मिहिनेत र थोरै भाग्यले साथ दिनेछ रुखमा फल आफसेआफ लाग्नेछ ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *