कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको ट्रम्पको दाबी

२०७७ बैशाख १९, शुक्रबार ०८:४८ गते २०७७ बैशाख १९, शुक्रबार ०८:४८ गते २०७७ बैशाख १९, शुक्रबार ०८:४८ गते

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार कोरोना भाइरस चीनको भाइरोलोजी प्रयोगशालाबाट फैलिएको भन्ने कुरामा आफू विश्वस्त भएको बताएका छन्।तर, उनले त्यसलाई पुष्टि गर्ने विस्तृत प्रमाणका बारेमा भने बताउन अस्वीकार गरे।उनको यो भनाइले बेइजिङसँग तनाव बढाउँदै लाने देखिएको छ।उनले कोरोना भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको हो भन्ने प्रमाण आफूले हेरेको दाबी गरे।’यो मसँग छ’, ट्रम्पले भने, ‘मैले तपाईंहरूलाई भन्न मिल्दैन। मलाई त्यो भन्ने अनुमति छैन।’

अमेरिकाले यस्तो आरोप लगाएको भएपनि चीन सरकारको नियन्त्रणमा रहेको वुहान इन्सिटियूट अफ भाइरोलोजीले भने सुरुदेखि आरोपको खण्डन गर्दै आइरहेको छ।अरु अमेरिकी अधिकारीहरूले पनि यस सम्भावनालाई उत्ति जोड दिएका छैनन्।थुप्रै विज्ञहरूले समेत यो भाइरस ल्याबबाट नभइ मासु बजारबाट जनावर हुँदै मानिसमा सरेको बताउँदै आएका छन्।बितेका केही साता यता अमेरिकी राष्ट्रपति ट्रम्प कोरोनाको विषयमा चीनसँग असन्तुष्ट रहँदै आएका छन्। कोरोनाका बारेमा चीनले समयमै जानकारी नदिदां महामारी फैलिएको र अमेरिकाको अर्थव्यवस्था कमजोर भएको उनको आरोप छ।

कोरोनाका कारण नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उनी पुनः सो पदमा निर्वाचित नहुने सम्भावना बढ्दै गएको छ।देशभित्रै पनि कोरोना भाइरसको रोकथाम र व्यवस्थापनमा उनी चुकेको आरोप छ।अमेरिका हाल कोरोनाबाट सर्वाधिक प्रभावित मुलुक हो। त्यहाँ हालसम्म १० लाख बढी संक्रमित भइसकेका छन् भने ६२ हजार बढीको ज्यान गइसकेको छ।ट्रम्पले यसअघि पनि आफ्नो सरकारले भाइरस सो प्रयोगशालाबाट आएको हो-होइन भन्ने पत्ता लगाउने प्रयास गरिरहेको बताएका थिए।अमेरिकी टेलिभिजन फक्स न्यूजले सो भाइरस कृत्रिमरुपमा बनाइएको र सो ल्याबबाट फैलिएको हुनसक्ने रिपोर्ट प्रसारण गरेको थियो। ट्रम्पले त्यसपछि नै कोरोना भाइरस चीनले फैलाएको आरोप लगाउँदै आएका छन्।

कोरोना भाइरसको महामारीले चीन र ट्रम्प प्रशासनबिच पछिल्लो समय तनाव उत्पन्न हुँदै गएको छ। बेइजिङले पनि यसअघि अमेरिकी सेनाले उक्त भाइरस चीन ल्याएको बताएको थियो।बिहीवार ट्रम्पले चीनले कोरोनालाई कि रोक्न नसकेको हुनुपर्ने वा फैलिन दिएको हुनुपर्ने बताएका छन्।यसअघि बुधवार रोयटर्सलाई दिएको अन्तरवार्तामा ट्रम्पले भाइरसलाई लिएर चीनसँग के गर्ने भन्ने बारेमा आफूले विभिन्न विकल्पहरू हेरिरहेको बताएका थिए। यसैगरी सो अन्तरवार्तामा उनले चीनले आफूलाई आगामी चुनावमा हराउँन सकेको जत्ति गर्ने आरोप समेत लगाएका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *