कोरोना भाइरस कोभिड १९ सक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण नेपालका धेरै परिवारमा भोकमरीको अबस्था सिजर्ना भएको छ । यसै स्थितिलाई मध्यनजर गदै दैनिक मजदुरी अनि ज्यालादारी गर्ने परिवारलाई केहि राहत होस भन्ने मनसायले भेरीगंगा नगरपालिकाले आफ्नो नगरपालिकामा रहेका सम्पुर्ण वडामा राहत सामाग्री बितरण गरेको छ ।
तर भेरीगंगा नगरपालिकाले वडा नम्बर ९ मा ४७१ घरघुरी पुग्ने गरी खाद्यन्न सामाग्रीहरु दिएको थियो जस अन्तरगत वडा नं ९ मा रहेका २७४ घरधुरीले खाद्यन्न सामाग्री पाए तर वडा नम्बर ९ कै ठुलो जात्रीका १९६ घरधुरीले राहत पाएका छैन्न त्यहाका ब्यतिहरुले हामीले किन राहत पाएनौ भनि बुझन खोज्दा खाद्यन्न केहि अभाब रहेको त्यहाका जनप्रतिनिधिले बताए ।
जानकारी पाए लगतै के हो बास्तिकता भनि बुझन वडा कार्यालय जादा वडा नम्बर ९ का वडा अध्यक्ष लछुमन रानाले ठुलो जात्रीमा रहेका १९६ घरधुरीलाई पुग्ने गरी चामल १८४ बोरा,तेल ३०७ लिटर, दाल ३०७ के जी र नुन ३०७ केजी वडा सदस्य रुद्र बहादुर कामीको जिम्मा दिएको बताउनु भयो तर रुद्र बहादुर कामीले वडा अध्यक्षले भनेको जति खाद्यन्न सामाग्री नभएकोले आफुले चामल १८४ बारो, तेल २९३ लिटर,दाल २२५ के जी र नुन २०० के जी बुझेकोले राहत बितरण गर्न नसकिएको बताए।
त्यहाका केहि स्थानिय,वडा अध्यक्ष र वडा सदस्य बीच भेटबार्ता गराई त्यो सामाग्री कहा गयो भनि बुझन खोज्दा केहि चर्काचर्की भएता पनि वडा अध्यक्ष लछुमन रानाले अपुग राहत सामाग्री वडाले नै ब्यहोर्ने बताए। त्यस लगतै १८ गते बिहिबारकै दिउसो ठुलो जात्रीका १९६ घरधुरीलाई राहत सामाग्री बितरण गरिएको थियो ।
Views: 0