उपत्यकामा बढ्न थाल्यो सवारीको चाप

२०७७ बैशाख २०, शनिबार २२:२५ गते २०७७ बैशाख २०, शनिबार २२:२५ गते २०७७ बैशाख २०, शनिबार २२:२५ गते

काठमाडौँ, २० वैशाख: पछिल्लो समयमा उपत्यकामा गाडीको चाप बढ्न थालेको छ । महानगरीय प्र*हरी कार्यालयका अनुसार उपत्यकामा पछिल्ला दिनमा गाडी निक्कै बढी गुड्न थालेका छन् ।सवारीको चाप बढ्न थालेकाले ट्राफिक नियम उल्लङ्घनविरुद्धसमेत कारवाही थालिएको ट्राफिक प्र*हरी महाशाखा प्रमुख ढकालले जानकारी दिनुभयो ।

मुख्यगरी बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत भित्रिने गरेका, राहत वितरण र अत्यावश्यक सामान ओसारपसारमा प्रयोग भएका गाडीको चापसमेत बढेको प्र*हरीले जनाएको छ ।यस्तै बैंक तथा वित्तीय संस्था, विभिन्न उद्योग आयोजना सञ्चालन हुन थालेकाले गाडीको चाप बढेको ढकालले बताउनुभयो । कतिपयले जवर्जस्तीसमेत गाडी चलाउने गरेको पाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *