नवलपरासीमा लागू औषध सहित पाच जना पक्राउ

२०७७ बैशाख २२, सोमबार १८:०१ गते २०७७ बैशाख २२, सोमबार १८:०१ गते २०७७ बैशाख २२, सोमबार १८:०१ गते

उर्मिला यादव सुनवलनवलपरासी सम्बाददाता – बैशाख २२ पश्चिम् नवलपरासीमा लागू औषध सहित पाच जना पक्राउ परेका छ्न। पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नम्बर १० नदवा कि ४५ वर्षीय मीना कुर्मी, उनका छोरा २२ वर्षीय नरेश कुर्मी, २४ वर्षीय मुकेश कुर्मी , रामग्राम–६ का ४५ वर्षीय प्रेम अग्रहरी रहेका छ्न भने रामग्राम–१२ पचगाँवाबाट लागुऔषधसहित पक्राउ परेका चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने ३४ वर्षीय भगवाल घले रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार रामग्राम नगरपालिका वडा नम्बर १० स्थित मिना कुर्मिको घरमा लागू औषध गाजा लुकाइ छिपाइ राखेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलिले उक्त घरमा खानतलासी गर्दा सात सय ग्राम गाजा फेला पारेको जनाएको छ ।गाँजा लुकाइछिपाई राखेको अभियोगमा एकै घरका तीन जना सहित चार जना पक्राउ परेका हुन् । यस्तै गरि रामग्राम नगरपालिका वडा नम्बर १२ पचगावा स्थिति जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा घलेले बोकेको झोलाबाट नुफिन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल र फेनरागन १५० एम्पुल लागू औषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *