नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

२०७७ बैशाख २३, मंगलवार ०९:०९ गते २०७७ बैशाख २३, मंगलवार ०९:०९ गते २०७७ बैशाख २३, मंगलवार ०९:०९ गते

बाँकेकाे नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । नयाँ सातै जना संक्रमित नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमणकाे पुष्टि भएको छ । मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ ।यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *