बरदान चालिसेद्वारा ५२ घरपरिवारलाई राहत सहयोग ।।

२०७७ बैशाख २४, बुधबार १७:०५ गते २०७७ बैशाख २४, बुधबार १७:०५ गते २०७७ बैशाख २४, बुधबार १७:०५ गते

काठमाडौं २४ बैशाख कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपालमा लकडाउन भएको पनि आज बुधवार ४४ दिन पुगेको छ। ४४ दिनसम्म पुग्दा लाखौं व्यक्तिको बेरोजगार भएका छन् ।दैनिक ज्यालादारी गर्ने देखि मध्यम वर्गीयलाई आर्थिक समस्या सिर्जना हुन् थालेको छ । सरकारले स्थानिय निकाय मार्फत विपन्न वर्गलाई राहत वितरण गर्दै आएको छ तर मध्यम वर्गकाहरुको पनि आफ्नै समस्या छ । आमदानीको स्रोत रोकिदा मध्यम बर्गका व्यक्तिहरुको पनि बिचल्ली हुने अवस्था सिर्जना हुन् थालेको छ।

मध्यम वर्गको समस्यालाई मध्यनजर गर्दै पहिलो पल्ट मध्यम वर्गलाई पनि काठमाडौंको बालुवाटारमा राहत वितरण गरिएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित बालुवाटार–चण्डोल टुँडालदेवी आसपासका क्षेत्रमा बस्ने मध्यम वर्गिय परिवारलाई राहत वितरण गरिएको छ। सामुदायिक सेवा केन्द्र टुँडालदेवीको अध्यक्ष राम प्रसाद न्याैपाने र सामाजिक अभियान्ता भैरब सापकोटा को पहलमा पूर्व क्रिकेट खेलाडी तथा समाजसेवी बरदान चालिसेले मध्यम वर्गलाई राहत सहयोग प्रदान गरेको हो। मध्यम वर्गिय परिवारको अझ व्यापक समस्यालाई मध्यनजर गरेर पूर्व क्रिकेट खेलाडी बरदान चालिसेले ५२ घर परिवार खाद्यान्न सहितको राहत सामाग्री प्रदान गरेको सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले बताएका छन्। राहत वितरण कार्यक्रममा बरदान चालिसेकी जीवन संगीनी रिभा पोखरेलका साथमा अनिशराम भट्टराई, ईश्वरी अधिकारी, सूर्यभगत श्रेष्ठ ,राजेन्द्र मान जोशी,प्रकाश महर्जन, शिवहरि खनाल, प्रहरी सहायक निरीक्षक कल्पना थापा धमला लगायतको उपस्थिति रहेको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *