विदेशमा रहेको नेपालीलाई स्वदेश ल्याउनकाे लागि समाजवादी पार्टीकाे माग ।।

२०७७ बैशाख २४, बुधबार १९:४२ गते २०७७ बैशाख २४, बुधबार १९:४२ गते २०७७ बैशाख २४, बुधबार १९:४२ गते

कपिलवस्तु , २३ बैशाख – समाजवादी पार्टी कपिलवस्तु जिल्ला समन्वय समितिले विदेशमा रहेका नेपालीहरुलाई अाफ्नाे देश फर्काउन काे लागि प्रेस विज्ञप्ति निकाले छ । विश्वमा महामारी का रुपमा रहेको काेराेना भाइरस काेभिड -19 बाट पूरा विश्व संकटमा रहेको छ । नेपालकाे आम नेपाली जनताहरु भारत लगायत अन्य देश राेजगार काे सिलसिलामा गएकाे नेपालीहरुलाई खाना , बस्न र रहन समस्या भएको छ ।

भारतमा रहेको आम नेपाली जनताहरु बुम्बाई, डिल्ली, कलकत्ता, गुजरात, हरियाडा लगायत अन्य ठाउँबाट पैदल हिडेर कपिलवस्तु काे सिमा मा अलपत्र रहेको स्थानीय सरकार र प्रदेश सरकारले अाफ्नाे देश भित्र ल्याउनकाे लागि कुनै चासो नदिएको पाइन्छ । कपिलवस्तु जिल्ला भित्र का सिमानाकामा चाकलचाैडा, गाैरा, रंगपुर, मर्यादपुर, हर्दाैना, भिल्मी र कृष्णनगर सिमा लगभग ३०० जना नेपाली व्यक्तिहरु अलपत्र रहेको पाइन्छ । सिमा क्षेत्र र अन्य ठाउँमा अलपत्र रहेको नेपाली व्यक्तिहरुलाई सम्बन्धित ठाउँका गाउपालिका र नगरपालिका ले चेकजाँच गरेर १४ दिन सम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन काे लागि समाजवादी पार्टी काे माग रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *