बुद्धजयन्तीका अवसरमा लुम्बिनी विकास कोषद्धारा सुरक्षाकर्मीलाई २ हजार मास्क प्रदान

२०७७ बैशाख २४, बुधबार २२:०३ गते २०७७ बैशाख २४, बुधबार २२:०३ गते २०७७ बैशाख २४, बुधबार २२:०३ गते

कपिलवस्तु बैशाख २४| २५६४ औ बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषले कपिलवस्तुका सुरक्षाकर्मीलाई २ हजार मास्क प्रदान गरेको छ । कोरोना भाईरस बिरुद्ध खटिएका सुरक्षाकर्मीलाई प्रयोग गर्न लागि कपिलवस्तुका नेपाल प्रहरी र सशस्त्र प्रहरीलार्ई एक एक हजार मास्क प्रदान गरिएको हो । कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले तौलिहवा स्थित जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरिक्षक दीप शमसेर जबरा र सशस्त्र प्रहरी नायब उपरिक्षक भुवन अर्याललाई मास्क र सेनिटाईजर हस्तान्तरण गरेका थिए । कोरोना भाईरसका कारण यस बर्षको २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन स्थगित गरिएको छ ।

कोरोना भाईरस बिरुद्धको अभियानमा अग्रपंतिमा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी मास्क प्रदान गरिएको कोषका सदस्य ज्ञवालीले बताए । ‘ स्वास्थय सामाग्रीको अभावमा सुरक्षाकर्मी जोखिमपुर्ण तरिकाले कार्यक्षेत्रमा खटिएका छन, यस्तोमा उनीहरुको सहजतकालागि मासक प्रदान गरेका हौ ’ उनले भने । कोषले रुपन्देही र नवलपरासीमा गरी थप ६ हजार मास्क बितरण गर्ने तयारी गरेको छ । प्रहरी उपरिक्षक जबराले कपिलवस्तुको सुरक्षाकर्मीलाई समेत मास्क दिएकोमा कोषलाई धन्यबाद दिदै फिल्डमा खटिने प्रहरीलाई अब अली सजिलो हुने उनले बताए । बिहीवार लुम्बिनीको मायदेबी मन्दिरमा कोषका सदस्य , भिक्षुहरुको सिमति टोलीले प्रार्थना र २५६४ वटा दीप प्रज्जवलन गर्ने कार्यक्रम छ । यस्तै कपिलवसतुको तिलौराकोट र निग्रोधराम, नवलपरासीको रामग्राममा समेत सिमित ब्यक्तिहरुको सहभागीतामा दिप प्रज्जवलन गरिने कार्यक्रम रहेको ज्ञवालीले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *