अब फेरि एउटा क्रान्तिले गुहारेको छ
साच्चै के तपाईको मनले मानेको छ ?
यो कम्युनिस्टको सरकार चली रहेको छ
मुखुण्डो पछि घिनौना खेल भै रहेको छ !
धिक्कार छ हाम्रो ती मतहरुको
अनि हाम्रो विश्वासको, हाम्रो पसिनाको
अनि रगतको अनि त्यो इमानदारीको
के साच्चै कुनै मोल छैन हाम्रो योगदानको ?
रजाइँ यदि गर्नु थियोे भने किन सोचेनौ ?
रङ्ग यदि बद्लिनु थियो भने किन सोचेनौ ?
राजा हौइनौ कोहि हाम्रो खुन पसिनाले
सिचेको फल हौ यदि मिठास दिन सक्दैनौं
भने कुहिएर न बस बरु झरी देउ !
अब फेरि एउटा क्रान्तिले गुहारेको छ
साच्चै के तपाईको मनले मानेको छ ?
यो कम्युनिस्टको सरकार चली रहेको छ
मुखुण्डो पछि घिनौना खेल भै रहेको छ !
आफ्नो आफ्नो स्वार्थका लागि त पशु पनि बाच्छन
किन नेता कहिलिनु बरु सम्हाल आफ्नो घरबार
कतै न यो समाजको रहने छौ न घरको रहनेछौ
आउदै छ त्यो दिन नजिकिदै छ त्यो दिन !
छैन यदि सोच साघुरो त किन फराकिलो हुन सकेनौ ?
एउटा नेतृत्वमा न इमानदारी छ,न नैतिकता छ न आफ्नो कर्तव्य बुझेका छ्न,न कुनै
गोपनियता छ कुन चाहिँ गुण छ?
जस्ले टेकायो यो राजनीतिमा ?
मात्र चाकडी जसलाई उठेको देखि शुरु गर्छौ !
सबै किन अटेनन त्यो दिमाग भित्र
मात्र सिमित रहयौ
म कहाँ छु भन्ने थाह छैन
चिया पसलको कुरा गल्लीहरुमा
र गल्लीहरुको कुरा घरहरुमा
विचार गरौं त एक पटक
यहि हुन्छ असल नेतृत्वमा
यहाँ देशको, समाजको हैन
चिन्ता हैन मात्र आफ्नो छ !
अब फेरि एउटा क्रान्तिले गुहारेको छ
साच्चै के तपाईको मनले मानेको छ ?
यो कम्युनिस्टको सरकार चली रहेको छ
मुखुण्डो पछि घिनौना खेल भै रहेको छ !!
श्रजक -तारा तामाङ उहां नेकपा दोलखाकी नेतृ । अध्यक्ष महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल दोलखा
Views: 0