कोरोना अहिलेसम्मकै ठूलो-खराब आक्रमण: ट्रम्प

२०७७ बैशाख २५, बिहीबार २०:४२ गते २०७७ बैशाख २५, बिहीबार २०:४२ गते २०७७ बैशाख २५, बिहीबार २०:४२ गते

एजेन्सी, २५ बैशाख : अमेरिकामाथि भएको अहिलेसम्मकै ठूलो र खराब आक्रमणको कोरोना भाइरसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संज्ञा दिएका छन् । यसो हुनुमा उनले चीनलाई दोषी ठहराएका छन् ।ट्रम्प प्रशासन भाइरसको सङ्क्रमण फैलिनुमा लगातार चीनलाई जिम्मेवार ठहराउँदै आइरहेको छ । साथै चीनमाथि कठोर कारबाही गर्ने कुरा पनि उठाउँदै आएको छ ।अमेरिकाले महामारीको सामना गर्न नसकेपछि मानिसहरूको ध्यान भङ्ग गर्न आफूमाथिको आरोप लगाउँदै आएको चीनको भनाइ छ ।

कोरोना महामारीले दोस्रो विश्व युद्धताका जापानको पर्ल हार्बरमाथि गरिएको आक्रमण र दुई दशकअघि वर्ल्ड ट्रेड सेन्टरमा भएको सेप्टेम्बर ११(९/११) आक्रमणले भन्दा धेरै अमेरिकालाई प्रभावित बनाएको ट्रम्पले बताए ।ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, यो हाम्रो देशमाथि भएको सबैभन्दा खराब आक्रमण हो । यो पर्ल हार्बर र वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणभन्दा‌ धेरै भयानक छ ।हामीमाथि कहिल्यै पनि यस्तो आक्रमण भएको थिएन । उनले अघि भने, यो कहिल्यै पनि हुनु हुँदैन थियो । यो सुरु हुनेबित्तिकै रोकिनुपर्ने थियो । यो चीनमा नै रोकिनुपर्ने थियो तर यो भएन ।चीनको वुहान शहरमा कोरोना सङ्क्रमणको पहिलो घटना देखिएपछि अहिलेसम्म अमेरिकामा १२ लाख मानिस सङ्क्रमित भइसकेका छन् भने झण्डै ७३ हजारको ज्यान गएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *