दिपक चौरसिया,वीरगंज २६ बैशाख। पर्सा जिल्लाभरी लगायतका क्षेत्रमा शान्ती सुरक्षा कायम राख्न नेपाल प्रहरी परिचालन भएपनी हालको समयमा तस्करी सङ्ग साटघाट गरिरहेको बारे प्रष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी प्रमुखको रूपमा गङ्गा पन्त आउनसाथ बिगतमा खटिने घुमुवाहरूलाइ हटाइ आफ्नो घुमुवा टीम खडा गरिन । घुमुवा टोलिको प्रमुखको रूपमा प्रहरी निरीक्षक रबि यादवलाइ चयन गरिन ।
को हुन प्रहरी निरीक्षक रबि यादव: बाराको इलाका प्रहरी कार्यालय जितपुरमा प्रहरी नायब निरीक्षक पदमा हुदा बदनामीको मिसाल कायम गरेका मध्ये एक मानिन्छ प्रहरी निरीक्षक रबि यादवलाइ । यादवको जितपुर बसाइको बखत बिरगंजको ट्रान्सपोर्टहरू देखि स्थानीय तस्कर लगायत रौतहट, सर्लाहीबाट गर्ने तस्कर गिरोह सङ्ग मासिक लाखौ आय आर्जन गरेको बारे प्रष्ट भएको थियो । सोही अनुसार प्रहरी नायब निरीक्षक रबि यादवलाइ क्षेत्रीय प्रहरी कार्यालयले कारवाही स्वरूप अन्यत्र पठाएको खबर समेत स्थानिय सन्चार माध्यममा बिगुल फुके झै चर्चाको बिषय बनेको थियो । आफ्नो पदको दुरूपयोग गरेको अभियोगमा कारवाही समेत खाएका प्रहरी नायब निरीक्षक हालको समयमा बढुवा भएर जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलि प्रमुखको रूपमा चयन भएका छन । भनिन्छ जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्तको पहिला देखि नै नजिक भएको कारण क्राइम टोलिको प्रमुखको जिम्मेवारी दिइएको छ ।
प्रहरी निरीक्षक यादव कसरी बने क्राइम टोलि प्रमुख –नेपाल प्रहरी संगठनका तत्कालीन आइजिपी सर्वेन्द्र खनालले आफु नजिक एसपी गङ्गा पन्त भएकै कारण पर्सा जिल्लामा पठाइएको बिषयमा व्यापक रूपले प्रहरी संगठन मै चर्चाको बिषय बनेको छ । सोही अनुरूप तत्कालीन आइजिपी खनालको बिस्वासिला पात्रको रूपमा मानिएका मध्येको प्रहरी निरीक्षक रबि यादव आफन्त भएकै कारण क्राइम टोलि प्रमुखको जिम्मेवारी थपिएको पर्सा प्रहरी श्रोतले बताएको छ । केही आसेपासेको सहयोगमा केही हुन्न भन्दै बिचौलियाको उतार चढावमा लागि प्रहरी उपरीक्षक गङ्गा पन्त क्राइम शाखाको जिम्मेवारी थपिएको श्रोतको दाबी छ । प्रहरी उपरीक्षक गङ्गा पन्त कसरी बदनाम बनिदै :प्रहरी उपरीक्षक गङ्गा पन्त प्रहरी संगठन मै इमन्दार र कर्मठको रूपमा चिनिन्छिन । तर पर्सा जिल्लाको कार्यकालमा उहाले रोजेको प्रहरीले नै गर्दा उहाको छवि माथी असर परेको प्रहरी श्रोतको दाबी रहेको छ ।
Views: 0