कपिलवस्तुका ३ सहित ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

२०७७ बैशाख २७, शनिबार ०९:४३ गते २०७७ बैशाख २७, शनिबार ०९:४३ गते २०७७ बैशाख २७, शनिबार ०९:४३ गते

प्रदेश अनलाइन खबर। २७ वैशाख, काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।

उदयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र ,१८,१८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको हो ।उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *