लुकीछिपी आएका ९८ जनालाई विजयनगरको क्वारेन्टाइनमा राखियो

२०७७ बैशाख २७, शनिबार १९:५१ गते २०७७ बैशाख २७, शनिबार १९:५१ गते २०७७ बैशाख २७, शनिबार १९:५१ गते

बैशाख २७ विजयनगर – कपिलवस्तुको विजयगर गाउँपालिकामा लुकीछिपी आएका ९८ जना नागरिकलाई शनिवार क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबै भारतको महाराष्ट्रको मुम्बई, पुणे लगायतको विभिन्न ठाउँबाट लुकीछिपी आएका हुन् । उनीहरुलाई ५ वटा क्वारेन्टाइनमा व्यवस्थापन गरिएको छ ।
विदेश र गाउँपालिका बाहिरबाट आएका सबैलाई उचित व्यवस्थापनसँगै तत्कालै क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ । यसरी लुकीछिपी आउने गरेकोले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने थापाले बताउनुभयो । हाल विजयनगरको क्वारेन्टाइनमा जम्मा १ सय ६३ जना रहेका छन् । जसमध्ये ३२ जना महिला रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *