कमल राज ढकाल।पूर्वी चितवनको कालिका नगरपालिकामा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू चितवनले आज आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जना महिला सहित १९३ जनाले रक्तदान गरेका छन् ।हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को कारण देशभर रगतको चरम अभाव देखिएकाले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले अभियान स्वरुप नै रक्तदान कार्यक्रम गर्दै आएको छ ।
प्रदेश सभा सदस्य घनश्याम दाहाल (अविनाश)ले रक्तदानका लागि चाहिने सामग्री हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रममा प्रदेश कमिटी सदस्य रामध्वज डल्लाकोटी, नेकपाका जिल्लानेता तेजेन्द्र खड्का, रामचन्द्र अधिकारी, जिल्ला सचिवालय सदस्य एवम् कालिका नगरपालिकाको मेयर खुमनारायण श्रेष्ठ, जिल्ला सचिवालय सदस्य जयचन्द्र प्रसाद चौधरीलगायतका नेताहरुको उपस्थिती थियो ।
बैशाख ११ गतेदेखि चितवनको रामनगरदेखि सुरु भएको यो अभियान अन्तर्गत भरतपुर महानगरपालिकाका विभिन्न वडा हुँदै कालिका नगरपालिका लामा चोकमा पुगेर रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक मधु न्यौपानेले संबोदन गर्नु भयो।यस अघि रामनगर र भरतपुरका विभिन्न वडामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३५ पोका रगत संकलन भइसकेको छ । सातवटा केन्द्रवाट रगत संकलन गर्ने लक्ष्य छ ।
लकडाउनका बीच पनि कालिका नगरपालिकाका विभिन्न वडावाट युवाहरु स्वतस्फुर्त रुपमा रक्तदान गर्न पदमपुर पुगेका थिए ।पदमपुरको लामाचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गरी १ सय ९३ जनाले रक्तदान गरेको स्थानीय युवा राजन सापकोटाले जानकारी दिनु भयोाकार्यक्रमलाई भब्य रुपमा सम्पन्नभएको कुरा समेत उक्त कार्यकममा जानाकारि गराउदै सम्पुर्ण रक्तदाताहरु लाई बधाई दिनु भएको थियो।
Views: 0