चलिरहेको लकडाउनले देशको अर्थतन्त्रलाई के कसरी असर गर्ला – शेरजंग बहादुर चन्द

२०७७ बैशाख ३१, बुधबार १३:४६ गते २०७७ बैशाख ३१, बुधबार १३:४६ गते २०७७ बैशाख ३१, बुधबार १३:४६ गते

नेपालसहित संसारका आधा जनसंख्या लकडाउनमा रहेका बेला नेपालीहरुले मलाई लकडाउनले कसरी असर गर्छ भनी सोचिरहेका छन्। सामान्यरुपमा जीवन चलाइरहेका नेपालीहरुमा १० वर्षे द्वन्द्वकालमा नेपाल बन्दबाहेक अन्य बन्दको अनुभव थिएन। लकडाउनमा यस्तो हुन्छ भन्ने पनि थाहा नभएका हामीहरुलाई यसले कसरी असर गर्नेछ? रेमिटेन्स, कृषि र पर्यटनमा चलिरहेको देशको अर्थतन्त्रलाई विश्वको यो अवस्थाले कसरी असर गर्ला र त्यसको असर हामीलाई कसरी पर्छ भन्ने चासो सबैको छ।

नेपालमा कसरी असर हुन्छ?
संसार आर्थिक मन्दिमा रहेका बेला मानिस पैसा कम खर्च गर्न खोज्नेछ र लगानी पनि कम गर्नेछ, जसको सीधा असर देशको अर्थ व्यवस्थामा पर्नेछ। हाम्रोजस्तो देशमा बजारमा लगानी गर्नु बढी जोखिम त हुन्छ नै, तर कुनै बेला अपत्यारिलो फाइदा पनि हुनसक्छ। लकडाउनले नेपाली बजारमा ब्याजदर महँगो हुनेछ, जसले गर्दा लगानीकर्ताले फाइदा कमाउने सम्भावना कम हुनेछ। जब विश्व बजारमा उथलपुथल हुन्छ, तब हाम्रोजस्तो देशमा लगानीकर्ताले विश्व बजारका उत्पादनसँग लड्न सक्दैन र बजारबाट भाग्नुपर्ने अवस्था आउँछ। त्यसकारण स्थिति लामो समयसम्म यस्तै रहे नेपाली लगानीकर्ताले पनि उत्पादन बजारबाट भाग्नुपर्ने अवस्था आउनेछ। फलस्वरुप देशमा लगानी कम भएको देखिएमा हाम्रो मुद्रा कमजोर हुनेछ (यद्यपी भारतसँग मुद्रामान अचल छ) र विदेशबाट महँगोमा सरसामान किन्नुपर्ने छ। जसका कारण देशमा महँगाई बढ्नेछ। यस्तो अवस्था आए हामीले वैदेशिक ऋण लिनुपर्नेछ। तर, जब आफ्नो पैसा नै कमजोर हुन्छ त्यसबेला ऋण तिर्नका लागि देशले बढी संघर्ष गर्नुपर्नेछ।

कोरोनाबाट बच्न लकडाउनले धनी देशका जनता बचाउने पक्कापक्की होला। तर, हाम्रोजस्तो देशमा लकडाउनले कोरोनाबाट जनता बचाउन सके पनि गरिबी र भोकमरीबाट बचाउन सक्नेछैन। (यदि हालकै अवस्था लामो समय रहेको खण्डमा) यस उपरान्त उच्च आय भएका देशहरुले नेपालजस्ता कम आय भएका देशलाई सिधै सिध्याउनेछ, धनी र गरिबबीचको फरक बढ्दै जानेछ। परिणामस्वरुप धनी देश वा धनी जनतामात्र यसको लडाइँ लड्न सक्नेछन्।

यस्तो कठिन अवस्थामा देशले सरकारी स्वास्थ्य, शिक्षा, तलब, भत्ता, सामाजिक सेवा, विकासजस्ता शीर्षकमा खर्च कम गर्नुपर्ने हुन्छ। जसको असर प्रत्यक्षरुपमा सम्पूर्ण नेपालीलाई पर्नेछ। विकास खर्च कटौति गर्नुपरेमा देश विकास हुनेछैन र यसको प्रत्यक्ष असर आर्थिक वृद्धिदरमा हुनेछ। आर्थिक वृद्धिदर निकै कमजोर हुनेछ।

आयात कर्तालाई कसरी असर गर्छ?
यस अवस्थामा विदेशमा रहेका ठूल्ठूला कम्पनीहरुले कच्चा पदार्थ तयार गर्न सक्ने/सकिरहेका छैनन्। जसले गर्दा तयारी सामानको मूल्य बढ्नेछ, जसको परिणामस्वरुप सस्तो र समयमा सामान नेपाल पुगाउनसक्ने अवस्था रहनेछैन। समयमा नेपालमा सामान आयात तथा महँगोमा आयात भएमा वस्तुको माग घट्नेछ र नेपालको बजारमा बिक्री-वितरण न्यून हुनेछ, जसले आयातकर्तालाई नोक्सानी गर्नेछ। वैदेशिक रोजगार र पर्यटन क्षेत्र धरासायी भएपछि नेपालीहरुसँग खर्च गर्नसक्ने क्षमता ३० देखि ४० प्रतिशतको कमि आउने आँकलन गरिएको बेला तपाईँ आयातकर्ताको ब्यापारमा कमी आउनेछ। महँगो सामान कोही किन्नेछैन र नोक्सानी बेहोर्नुपर्नेछ। विदेशमा पनि यही अवस्था भएकाले केही समयका लागि नयाँ लगानीकर्ता हुने छैनन्। नजिकको भविष्यका लागि पनि लगानी गर्ने वातावरण नहुने आशा देखिएको कारण आयात गर्दा यस्ता कुरामा विचार पुगाउनुहोला।

सेवा प्रदायक कर्तालाई कसरी असर गर्नेछ?
जब वैदेशिक रोजगारी र पर्यटन क्षेत्र जसरी अन्य क्षेत्रमा कमी आउँछ। तब बजारमा मुद्राको प्रवाह कम हुनेछ तब सेवा प्रदायक कम्पनी/फर्म आदिमा पनि यसको असर देखिनेछ। स्कुल, कलेज, फिल्म हल, होटेल रेष्टुरेन्टजस्ता सेवामूलक फर्म/कम्पनीहरुलाई पनि लकडाउन तथा कोरोनाको असरले प्रत्यक्ष प्रभाव पार्नेछ। जब बेरोजगारी बढ्छ तब नेपाली जनतासँग खर्च गर्नसक्ने क्षमता घट्ने छ अनि उसले रेष्टुरेन्ट जानसक्ने छैन, फिल्म हेर्न सक्नेछैन, विद्यालयको शुल्क समयमा तिर्नसक्ने छैन। अनि उसले सस्तो सामाग्री प्रयोग गर्नेछ। अत्यावश्यक सेवामा मात्र आफ्नो पैसा खर्च गर्नेछ जसले गर्दा नेपालमा रहेका सेवा प्रदायीहरुले विगतजस्तो सजिलै सेवा बेच्न सक्ने छैनन्।

आर्थिकरुपमा सेवा प्रदायकहरु कमजोर बन्दै जानेछन् र जसले लामो समयसम्म यस्तो स्थितिसँग लड्न सकेमात्र सेवा प्रदायक बजारमा बाँच्न सक्नेछ।

सेयर खरिद बिक्री कर्तालाई कसरी असर गर्छ?
सामान्यरुपमा कम्पनीको आर्थिक अवस्था भनेको सेयरको मूल्य हो जुन कम्पनीको सेयर मूल्य बढी छ, त्यस कम्पनीको अवस्था राम्रो छ भन्ने बुझाइ गलत होइन। भविष्यप्रति लगानी गरी बिमामा लगानी गर्नुभएको छ भने यसको असर प्रत्यक्षरुपमा देखिनेछ। कुनै बेला त बिमा कम्पनीले आफूले गरेको वाचासमेत पूरा गर्न गाह्रो हुनेछ।

तपाईँले सेयर किन्नुभएको छ भने अब लगानीकर्ताले कम्पनीको सेयर किन्ने अवस्था कम रहनेछ र बजारमा रहेको सेयरको पैससालाई आफूसँग राख्न सेयर बेच्न कोसिस गर्नेछ, जसले गर्दा बजारमा खरिदकर्ता कम र बिक्रीर्ता बढी हुनेछन्। अर्थशास्त्रको माग र पूर्तिको नियमले सेयर बजारमा असर गर्नेछ र सेयरको मूल्य घट्नेछ।

सर्वसाधारणलाई कसरी असर गर्छ?
हाम्रो अर्थतन्त्र डगमगाइरहेको अवस्थामा, बेरोजगारीको अवस्थामा आफ्नो श्रम पहिलेको तुलनामा बढी सस्तो बेच्नुपर्ने बाध्यता आउनेछ। यस अवस्थामा गरिब र धनीबीचको खाडल ठूलो हुनेछ, फलस्वरुप आम नेपालीले बाँच्नका लागि बढी श्रम गर्नुपर्नेछ। जब सर्वसाधारण आर्थिकरुपमा कमजोर हुनेछ तब खर्च गर्नसक्ने क्षमता कम हुनेछ। परिणाम स्वरुप सामान्य आर्थिक असरका लागि पनि अपराध गर्नसक्ने सम्भावना बढ्नेछ। समग्रमा सर्वसाधारणको जीवन आर्थिकरुपमा बढी कस्टकर हुनेछ, जसले गर्दा कम आयका लागि पनि बढी परिश्रम बाध्यात्मक हुने छ। (अर्थबिद: चन्द)

स्रोत: नेपाल न्युज

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *