कोविड -१९ कोरोनको कारण विश्व, देश अनि सबै स्थानीय तहहरु यतिखेर ठप्प छन र यो अवस्थामा नेपाल हाम्रो देश र हामी नेपालीहरुले पनि यो अवस्थालाई प्रत्यक्ष रूपमा भोगी रहेको छौ केही वर्गहरु जसलाई यसको प्रभाव सिधै पर्न गएको छ यो विश्व भरी कहर मचाइ रहेको कोविड- १९ बाट कोही चुकेको छैनन चाहे बालबालिका होस चाहे वृद्ध, वृद्धा होस वा दैनिकी रोजगारीमा निर्भर व्यक्तिव होस चाहे महिला, पुरुष हामी सबै प्रत्यक्षरुपमा प्रभावित भएका छौ।
चीनको वुहान बाट शुरु भएको कोविड -१९ ले यति विकराल रुप लिन्छ भनेर हामीले कल्पना पनि गरेको थिएनौं आज हामी अति अपठ्यारो समय बाट गुजि्ररहेको छौ यति बेला हामी र हाम्रो आसपास को कसैलाई कति प्रभाव र यसको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पर्न गएको बारे कुरा गर्छौं बिशेषता हामी नेपाली र नेपाल पढेलेखेका किशोर – किशोरी, कमाउन भनेर देश छोड्ने देखि प्रौढ सम्म बिदेशी भुमिमा रमाउने गर्नु भएको छ यो अवस्थामा नेपाली भुमिमा बसोबास गर्दै आउनु भएको हामी सबै देश वा बिदेश सबै तिर जोखिम छ र हामी एउटा खुल्ला सिमाना भएको देश जुन बेला पनि भारत बाट प्रवेश गर्न सक्ने भएर अति जटिल अवस्थामा भएको महसुस गरेको छौ यसको प्रभावपर्ने क्षेत्रहरु:
१. एकल महिला तथा पुरुष / जेष्ठ नागरिक:- कोविड- १९ को प्रत्यक्ष प्रभाव एकल महिला तथा पुरुष र जेष्ठ नागरिकहरुलाई पनि पर्न गएको छ उहाँहरुको जीवन शैलीनै परिवर्तन भएको छ यो अवस्था शहर, बजारमा स्थायी वा अस्थायी रुमा बसोबास गर्दै आउनु भएको आफन्त, नातेदार र छोरा, छोरी, बुहारी , नाता नाति सबैको आगमन घरमा भएको छ र यसको एउटा प्रभाव सकारात्मक छ जसले बर्सो बर्सो देखि नदेखिएको नाता सम्बन्ध नजिक बनाएको छ र कोरोना बाट त्रसित भएता पनि आज घर घरमा खुशी छाएको छ भने अर्को तिर बुढा बुढी बा आमालाई घर बार छोडेर हिडेको आफ्नो आफन्त तथा नातेदार छोरो , छोरी , बुहारी नातेदारले दिक्क बनाएको छ बर्सो पछि भेट हुँदा न त्यो मिठास छ न त्यो माया न ममता साँझको बेला एक्लै चुल्होमा बस्ने बानी खाए नि नखाएनी यस्तै हो जीवन भनेर स्वीकार्नु भएको बुवा आमाहरुलाई अहिलेको अवस्थाले गारोह बनाएको छ हिजोको दिनमा खेतीपाती गर्नु पर्दैन आमा भन्नेहरु आज गाउ – घरमा आउन बाध्य भएको छन अनि यो वातावरणको सीधा प्रभाव उहाँहरु लाई पर्न गएको छ।
२. दैनिकी ज्यालादारी रोजगारमा आबद्ध भएकोहरु:- हामी सबै कता कतै आफ्नो रोजगारका लागि आबद्द छौ र यही रोजगारीको सवालमा हामी सवै प्रभावित भएका छौ तर सबै भन्दा बढी प्रत्यक्षरुपमा प्रभावित भएको छ उहाँहरुको दैनिकी काम गर्छु भन्दा पनि काम गर्न नपाएको अवस्था छ दैनिक रोजगारी बाट महिलाहरू पनि उत्तिकै प्रभावित पाइएको छ कोक्रोमा बच्चा राखेर निर्माणको काम गर्दै आएको दिदिबहिनीहरुलाई धेरै गारोह भएको बताउनु भएको छ र उहाँहरुको दैनिकी चलाउन पनि नसकेको अवस्था छ काम गर्न पाए हुन्थ्यो भन्ने धारणा प्रकट गर्नु भएको छ र पुरुषहरु जो स साना बाल बच्चा चेपेर शहर पस्नु भयो र दैनिक रोजगारीलाईनै निरन्तरता दिनु भयो र पेशागतरुप आगाडी बढाउदै आफ्नो घर, परिवार र दैनिकी जीवन यापन गर्दै आउनु भएको उहाँहरु लाई पनि निकै कठिन देखिएको छ।
३. महिला तथा बालबालिका :- अहिलेको अवस्थामा महिला तथा बालबालिकाहरुले पनि ठुलो समस्या खेप्दै छन हाम्रो देश नेपाल पितृसत्तात्मक सोचले पीडित देश हो जहाँ महिला २४ घन्टा काम गरि रहँदा पनि श्रमको कुनै मुल्यांकन छैन हामी यस्तो समाजमा छौ जहाँ घरको काम कुनै काम हैन भन्ने सोच छ र ९-५ को जागिर मात्र काम हो भन्ने सोच सङ पीडित छौ र यो अवस्थामा कोविड-१९ ले झनै गाह्रो, अप्ठ्यारो माहौलको सिर्जना गरि दिएको छ र अहिले घर छोडेर बर्सो बर्सौ पर्देश लागेको र आफ्नै देशमा हुँदा पनि घरलाई खासै महत्व नदिएको घर, खेती, पाती , आफन्त सब छोडेर त्यो शहरको रमझममा हराउनु भएको हरुको पनि लहर छ गाउँघर तिर अनि महिली दिदिबहिनीहरु लाई हिजो २०% हिंसा हुन्थियो भने आज बढेर ८०% मा पुगेको छ। तर विडम्बना अहिले महिलाहरु यति सावधान हुनुहुन्छ कि घरेलु हिंसाको लागि आफ्नो नाम बाहिर समुदाय तथा मिडियामा आओस भन्ने चाहनु हुन्न त्यही भएर दोलखाको सवालमा डि. एस. पी. रेवती रमण पोखरेल ज्यु ,जिल्ला प्रहरी कार्यलय दोलखा हाल लक डाउन भए पछि कुनै पनि हिंसाको केस न आएको बताउन भयो । हाल बालबालिकाको अवस्था पनि जटिल छ न विद्यालय जाने अवस्था छ न घरमा सुरक्षित छन पढाई – लेखाईनै छ अभिभावकलाई सास्ती छ कसरी दैनिकीमा शिक्षा लाई लान सकिन्छ यसको मुख्य कारण अहिलेका बालबालिका हरु मोबाइलना बढी रुचि दिने भएको कारण अप्ठ्यारो भएको हो र यो भविष्यमा पनि एक खालको लत जस्तै देखिएको छ।
४. अपाङ्गता भएको तथा दीर्घ रोगीहरुलाई :- कोविड-१९ ले सबैलाई जटिल अवस्था , डर, त्रासको वातावरण सिर्जना गरेको छ र यो अवस्थामा अपाङ्गता भएकोहरु लाई सर्वसाधारण भन्दा धेरै अप्ठ्यारो खेपी रहनु भएको छ आज गाउँ , घर सबै दशै आएको जतिकै चहल पहल छ र यो अवस्थामा उहाँहरु लाई बुझ्ने को को हुनुहुन्छ र उहाँहरुको आवश्यकताको पहिचान कसरी गर्ने हो यो प्रश्नमा प्रश्न चिह्ननै छ जो आँखा देख्नु हुन्न हो बोल्न सक्नु हुन्न उहाँहरु लाई त्यो भीडभाडले झनै डिप्रेस बनाएको छ। हिमोफिलियाको रोगीहरुले सुइँ द्वारा लगाउने नियमित औषधि जो रोगीको अवस्था हेरेर हफ्ता, १० दिन, १५ दिन वा एक महिनामा लगाउने गरिन्छ यो act- factor नामकऔषधि हिमोफिलिय सोसाइटीले बाहिर देश बाट आयात हुँदै आएको थियोे र हाल विश्व कोरोनाले त्रसित भएको बेला स्थिति जटिल बनेको छ र अति अशक्त पुर्ण अशक्त जो सहयोगीको भरमा जीवनयापन गर्दै आउनु भएको थियो उहाँहरुको अवस्था पनि अति जटिल देखिन्छ । बहिराहरु जो सुन्न सक्दैन्न र उहाँहरुकै लागि भनेर सूचना सम्प्रेषणमा कमी छ यस्तो हुँदा उहाँहरु सूचना प्रचारप्रसार बाट टाढा रहनु हुन्छ र देशको र हाल कोविड-१९ को तथ्यांक र जटिलता के हो भन्ने बाट धेरै टाढा हुनुहुन्छ।
५. परिवार नियोजन सम्बन्धि समस्या :- यति बेला दूर दराजमा रहनु भएको घर – परिवार सवै सङै बस्दै आउनु भएको छ यो सकारात्मक पक्ष हो तर लक – डाउनको बेला महिलाहरुले नियमित प्रयोग गर्ने अस्थायी साधन पनि समयमा नपाइएको हुँदा अनावश्यक गर्भधारण गर्नु बाध्य हुनु भएको छ। यसको सीधा प्रभाव महिलाहरुको प्रजनन प्रणाली देखि मानसिक रुपमा पर्न गएको देखिन्छ र यस्तो खालको परिणामले भविष्यमा समेत प्रभाव पर्छ।
६. क्वारेन्टाइन :- नेपालमा हाल क्वारेन्टाइनका लागि तोकिएको केन्द्रहरु आपातकालीन अवस्थामा बनाएको भएतापनि केही कुरा अति आवश्यक देखिएको छ। जस्तै:-
क. महिलामैत्री
ख. अपांगतामैत्री
ग. बालबालिकामैत्री
क. महिलामैत्री:-
क्वारेन्टाइन केन्द्रहरु महिलामैत्री नभएको हुँदा महिला दिदिबहिनीहरु लाई वस्त्र परिवर्तन गर्ने देखि सम्पुर्ण क्रियाकलापमा अप्ठ्यारो महसूस भएको छ र उहाँहरुले क्वारेन्टाइन भित्र पनि एक खालको हिंसाको सिकार भइ राख्नु भएको छ ।
ख :- अपांगतामैत्री:-
व्हील चेयरको सहयोगमा हिड्ने र सहयोगीको साथमा हिड्ने अपाङ्ग दाजु भाइ तथा दिदिबहिनीहरु लाई धेरै गाह्रो भएको छ र त्यो खालको वतावरणमा उहाँ हरुलाई हुनु पर्ने सेवा सुविधा पनि उपलब्ध गर्न सकिएको छैन किनकि क्वारेन्टाइन भनेको आपातकालीन सेवा जस्तै हो र उहाँहरु लाई नयाँ मोडालिटीमा केही सुधार गर्न आवश्यक देखिएको छ।
७. अति आवश्यक सेवा स्वास्थ ,
बैंक र वित्तीय संस्था, बीमा संस्था:- अति आवश्यक भित्र पर्ने स्वास्थ्य जो आफै जोखिम मोलेर यति बेला २४ घन्टा सुविधा दिनु भएको छ र अहिले सबै होस्पिटल्हरुमा न पि पि इ को व्यवस्था छ न कुनै कर्मचारी बीमानै छ यसो हुँदा उहाँहरु उच्च जोखिममा पर्नु भएको छ । बैंक पनि यति बेला उच्च जोखिम मोलेरनै आफ्नो कर्मचारीहरुलाई सेवामा तत्पर बनाइ राखेको छ कतै अरुलाई सेवा दिदा दिदै आफुलाई पर्नु गएको जटिलताको विषयमा सोच्नु भएको छ यस्तै बीमा संस्थाहरुको पनि अवस्था छ अब हाल त शिखर इन्स्योरेन्स क. लि. ले कोविड-१९ बीमा भनेरै लागू गर्नु भएको छ र अरु बीमा संस्थाहरुले पनि कोविड-१९ को बीमा गरि राख्नु भएको छ यो अवस्थामा यो वातावरणमा हामी कति सुरक्षित छौ एटीएम कार्डको प्रयोग बाट पनि सर्ने भएको हुँदा बैंकहरु अति जोखिममा देखिएको छ र कर्मचारीहरु पनि उत्तिकै जोखिम मोलेर सेवा दिदै हुनुहुन्छ।
सुरक्षित रहौ, नआत्तिऔ
घरमै बसौ, सकारात्मक सोचौ।
श्रजक/नेकपा दोलखाकी नेतृ तथा अध्यक्ष महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल दोलखा
तारा तामाङ
Views: 0